पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा र लालबन्दीको दलित बस्तीमा सुरक्षा अधिकारीले वाडे विभिन्न सामग्री

सर्लाही,२० फागुन । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ स्थित रहेको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा जिल्लाको सुरक्षा अधिकारीले विभिन्न किसिमको सामग्री वितरण गरेको छ ।
गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले पठाएको विभिन्न सामग्रीहरु प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।
गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, अपाङ्ग तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा पठाएको हुदाँ जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार बिहिवार पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा टि–सर्ट १७ थना, हाफ पैन्ट १७ थान, चप्पल ३० जोर, कपडा १ रोल गरी ६४ वटा सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
यसैगरी लालबन्दी नगरपालिका वडा नं. ४ मा पनि मुसहर बस्तीमा टि–सर्ट २ सय जनालाई,फुल प्यान्ट २ सय जनालाई, सर्ट ३० जना गरी ४ सय ३० जनालाई लुगा वितरण गरिएको थियो ।
सर्लाहीको २० वटै पालिकाहरुमा लुगा सहित विभिन्न सामग्री वितरण गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिना,मेयर मानबहादुर खडका, सेवाश्रमकी संचालिका भवानी कोईरोला लगमयत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस अघि पनि विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जिल्ला विपद व्यवस्थापन समितिले ७ सय जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।