६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कलिला जनप्रतिनीधिका दरिला कुरा, “बनबाटिकालाई पर्यटकीय गन्तव्य बनाउन संकल्प गरौं ।” – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कलिला जनप्रतिनीधिका दरिला कुरा, “बनबाटिकालाई पर्यटकीय गन्तव्य बनाउन संकल्प गरौं ।”

भक्ती रिजाल

सर्लाही । पातलो शरीर, तेजिलो हाउभाउ अनि स्पष्टता उनको परिचय हो । त्यसैमा अध्ययन र तर्क बाट बनेको इन्द्रेणी आकृति भित्र उभिएको लयात्मक उचाइ उनको मापन हो ।

समयले दिएको कलिलो जिम्मेवारी हुर्काउनु उनको लागि चुनौती र परीक्षा दुबै थियो । मान्छेहरूले उनको कुरा नकाटेका होइनन् , उनको उमेर र जिम्मेवारी बीचको अन्तरलाइ “मजाक नबनाएका होइनन् तर, पनि सगरमाथा झैं उनको बिस्वास कहिल्यै टुटेन अनि झुकेन ।”

हरिवन नगरपालिका वडा नम्बर ८, का वडा अध्यक्ष प्रज्वल ढुंगाना स्थानीय निर्बाचनमा निर्बाचित हुने संभबत,सर्लाही जिल्लाकै कान्छा वडा अध्यक्ष (जनप्रतिनीधि) हुन् ।

चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका पूर्ब स्वबियू सभापतिको जिम्मेवारी बहन गर्दा पनि उनी कलिलै थिए ।

तर, राजनीतिक चेतनासंग जिम्मेवारीलाई ब्यबहारमा बदल्न सके कठिनाइलाई जित्न सहज हुने रहेछ भन्छन् ; अध्यक्ष ढुंगाना, उनको बुझाइमा स्वबियू सभापति गणित भित्रको उडान थियो ।

युवा मनको तत्कालीन अभिव्यक्ति थियो । ” तर, वडा अध्यक्ष राजनीतिक चेतनाको अभिव्यक्ति र गंभिर बहस सहितको संश्लेणात्मक चिन्तन बन्न पुग्यो ।

वडा अध्यक्ष भए पछि ढुंगानाको दैनिकी फेरिएको छ । बजार नजिकैको अर्को ब्यस्त वडा हरिवन नगरपालिका ८,बासिको सल्लाह सुझाव अनि गुनासालाई आत्मासात गर्दै अगाडि बढ्नुको बिकल्प छैन उनीसंग । बिकासको बर्तमान मोडालिटी र हाम्रो काम गराइको सास्त्रीय ढाचाका कारण जन चाहाना र युग अनुरुपको ब्यबस्थापनमा समस्या भएको – ढुंगाना स्विकार्छन;

नेपाली समाजको बर्गीय इतिहास र समाजले खोजेको परिवर्तनको चाहलाई लक्ष्य सम्म पुर्याउनु आफ्नो ध्येय भएको ढुंगानाको धारणा छ ।

बिकासको बाटो कुरेर बसेको ऎतिहासिक बनबाटिका क्षेत्रलाइ सुन्दर बनाउने र पर्यटक आकर्षित गर्ने हो भने मात्रै पनि समग्र हरिवनको मुहार चम्किलो हुनेछ ।

जसकालागि आर्थिक ब्यब्स्थपनको पाटो पहिल्याउने र
क्रियान्वयनका लागि अग्रसर हुने कुरामा लागि परेको उनले सुनाए ।

स्वास्थ्यको क्षेत्रमा हामीले ल्याएको परिवर्तन हरिवन नगरपालिकाकै प्रतिष्ठा हो । स्वास्थ्यलाई सबै जनताको पहुँचमा पुर्याउने र “स्वास्थ वडा घोषण गर्ने लक्ष्य छ ।”
जसमा एउटा फार्मेसी निर्माणका लागि जुटेको छु ।

आफै हरिवन नगरपालिका अन्तर्गत सामाजिक बिकास समिती संयोजक भएको हुँदा बिकास र समृद्दीलाइ सस्तो लोकप्रियता संग नजोडी दीर्घकालीन प्रभाव पार्ने खालको काम गर्ने लक्ष्य छ ।

सामुहिक खेतीको अबधारणा बिकास गरि कृषिबाट आत्मनिर्भर हुने गरि किसानमुखी कृषिप्रणालीको योजनाको साथमा अगाडि बढेको उनी बताउछन् ।

“हरियो बन, नेपालको धन भन्ने उखानलाइ चरितार्थ गर्दै( संमृद्दीका लागि बन) कार्यक्रम लागू गरिएको पनि उनले सुनाए । भोर्लाको पातलाई मात्रै पनि सदुपयोग गर्न सक्ने हो भने लाखौं कमाइ हुन्छ, अब दृढ इच्छाशक्ति लिएर काममा लाग्ने ढुंगानाले सुनाए ।

शिक्षाको पहुँच बाट कोही पनि छुट्नु हुँदैन भन्ने उद्देश्यले काम थालनी भएको छ । महादेब नमुना उच्च माध्यमिक बिधालय जस्तै अरु शैक्षिक संस्थाको ब्यबस्थापन ब्यबहारीक ढंगले सम्पन्न गर्ने योजनाका साथा लागेका छौं,

अर्को दायित्व, गाउँघरबाट युवाहरुको ठूलो हिस्सा बिदेश पलायन भएको छ । देश छोड्ने युबाको संख्या धेरै छ भने देश फर्कने युबाको संख्या धेरै कम छ । यो अबस्थामा युवा मैत्री वडा बनाउने तर्फ ध्यान केन्द्रित भएको छ ।

युबा लक्षित कार्यक्रम कसरी ल्याउने र बड्दो युवा पलायन रोक्ने बिषयमा चिन्तन भैराखेको छ । साथमा लागू औषध दुर्बेसनीबाट युबालाइ कसरी बचाउने भन्ने कुरामा ढुंगाना सचेत छन् ।

हरिवन नगरपालिकाका कान्छा जनप्रतिनिधिलाई हाम्रो पनि साथ, सहयोग अनि हौसला ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.