६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
युवा संघद्वारा राष्ट्रघाती सम्झौता खारेज गर्न माग – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

युवा संघद्वारा राष्ट्रघाती सम्झौता खारेज गर्न माग

काठमाडौ । सत्तारुढ पार्टी नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्दको माग गरेका छन् । संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाडसमेत भएको बताएका छन् ।

हिजो १९ पुस २०८० का दिन नेपाल–भारत
नेपाल-भारत परराष्ट्रमन्त्री स्तरिय‌ हिजो वैठकवाट भएको निर्णयहरु मध्ये,नेपालको स्थानिय पालिकाहरुमा “उच्च प्रभावयूक्त सामुदायिक विकास योजना” कार्यक्रम अन्तर्गत सोझैं भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौंताले स्वाभिमानी,देशभक्त र स्वाधिन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको बताएको छ ।

उक्त बिज्ञप्तीमा भुगोल,जनसंख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधिनताको सवालमा हामी सधै स्वतन्त्र थियौं र रहन चाहन्छौं । तसर्थ उक्त सहयोगको नाममा आन्तरिक मामिलामा माथीको यो किसिमको हस्तक्षेप अस्विकार्य त छदैछ के कारणले यो सरकार यस्तो सम्झौता गर्न वाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गरेका छन् । साथै अविलम्म यो सम्झौंता रद्व गरी जनतासामु आत्मआलोचित वन्न नेपाल सरकारलाई सुझाव दिदै स्वाभिमान र स्वाधिनता को पक्षमा उठने राष्ट्रभक्ती आन्दोलनको युवासंघ नेपालले अगुवाई गरी सडक‌ वाटै सम्झौता वर्खास्त गराउने चेतावनी समेत दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.