
सर्लाही,१३ जेठ । सर्लाहीको बलरा नगरपालिमा किसानहरुलाई कृषि सामाग्री तथा उन्न्त जातको बोका वितरण भएको छ ।बलरा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एकिकृत विकास समाज लालबन्दीले कृषि सामाग्री तथा उन्न्त जातको बोका वितरण गरेको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत आ.ब. २०७९÷८० को कार्यक्रम, बजेट तथा कार्ययोजना अनुसार पहिलो चरणमा बलरा नगरपालिकामा कृषि सामाग्री तथा उन्न्त जातको बोका वितरण गरिएको नेपाल एकिकृत विकास समाजले जनाएको छ ।
साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम परियोजना अन्र्तगत गठन भएको समुह सदस्यहरुलाई कृषीमा नयाँ प्रविधि उपयोग गरी सहजरुपमा कार्य संचालन गर्न विद्युतिय घाँस काट्ने मेसिन १० थान प्रदान गरिएको छ । यसैगरी नश्ल सुधार गरी बाख्रापालन व्यवसायिक रुपमा अगाडी बढाउनको लागी ११ थान उन्नत जातको बोका प्रदान समेत गरिएको नेपाल एकिकृत विकास समाजले जनाएको छ ।
परियोजनाले बलरा नगरपालिकामा आधुनिक तथा व्यवसायिक कृषिलाई प्रवद्र्धन गर्न २५ वटा मुल समुह निमार्ण गरी प्रत्येक समुहमा २५ देखि ३० जना महिला सदस्यहरु रहेको र सदस्यको क्षमता अभिवृद्धिको लागी ४ दिन आधारशिला तालिम संचालन गरीरहेको छ । कार्यक्रमको प्रभाव र समुदायलाई प्रत्यक्ष फाईदा हुने भएको देखेर वडा नं. ८ का वडा अध्यक्ष छितनु साहले यस कार्यक्रमले पालिकामा पु¥याएको सहयोग तथा परिर्वतनको लागी संस्थालाई धन्यवाद दिनु भयो ।
कृषि सामाग्री तथा उन्न्त जातको बोका वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत उमेश महतोले संस्थाको कृयाकलापहरु पारदर्शि तथा परियोजना संचालन प्रकृया, समन्वय कार्यको प्रशंसा गर्दै परियोजनालाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग सदैव गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।