६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नार्कलाई उत्कृष्ट अनुसन्धानको केन्द्र बनाइने–कृषि मन्त्री भुसाल – Nigrani Today
ताजा खबरसमाचार

नार्कलाई उत्कृष्ट अनुसन्धानको केन्द्र बनाइने–कृषि मन्त्री भुसाल

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई उत्कृष्ट एवं नमुना अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

ललितपुर स्थित खुमलटारमा आज नार्कद्धारा केन्द्रीय स्तरमा आयोजित चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । नार्क सहित कृषि अनुसन्धान तथा विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

‘नेपालको कषि अनुसन्धानलाई कृषक र उत्पादनसँग जोडदै कसरी अगाडि बढने भन्नेमा हाम्रो ध्यान जान जरुरी रहेको छ’ मन्त्री भुसालले भने, ‘वीउ, प्रविधि तथा नश्ल सुधारका लागि हाम्रो अनुसन्धान पनि गहन हुनुपर्छ ।’

उन्नत खालको बीउ र प्रविधिको प्रयोग नगरी उत्पादन बढाउँन नसकिने भएकाले यस विषयमा नार्कको महत्वपूर्ण योगदान हुने उनले बताए । कृषि तथा कृषकको बिकास कसरी हुन्छ भन्ने बिषयमा नार्कले आफ्नो अनुसन्धानबाट प्रमाणित गर्न सक्नुपर्छ ।

बीउ, प्रविधि तथा नश्ल सुधारका लागि भारतको कृषि अनुसन्धानसंग सहकार्यका लागि आईसीएआर तयार रहेको बताउँदै उनले नेपाल र भारतका बीचमा कृषिको क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नार्कको आगामी कार्यक्रम एवं चुनौतिका बिषयमा समेत छलफल भएको थियो । कार्यकारी निर्देशक भट्टराईले नार्कले गत आ.व. को चौथो त्रैमासिक तथा वार्षिक प्रगतिमा प्रस्तुति सहित नार्कमा हालसालै सुरु गरिएका सुधारका प्रयासहरु र नार्कको आगामी कार्यदिशाको बारेमा समेत जानकारी गराए ।

कार्यक्रममा कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. राजेन्द्र मिश्र, मन्त्रालयकै प्रशासन महाशाखाका सहसचिव मदन भुजेल, कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले गरेका थिए । यसअघि नै बिभिन्न प्रदेशको चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.