६ माघ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको चार पालिकामा समुदाय स्तरमा चेतना मुलक सडक नाटक प्रदर्शन गरियो – Nigrani Today
ताजा खबर

सर्लाहीको चार पालिकामा समुदाय स्तरमा चेतना मुलक सडक नाटक प्रदर्शन गरियो

सर्लाही । सर्लाहीको चार पालिकाहरुमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकामा खानेपानि प्रणालीको उत्थानसिल्ता, जल वायु परिवर्तन र जोखिम बारे समुदाय स्तरमा चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्च्युटका सहयोगमा बागमती सेवा सामज नेपाल द्वारा संचालित रेश वाश परियोजना अन्तर्गत सर्लाहीको तिन वटै पालिकाको विभिन्न ८ स्थान उक्त नाटक प्रदर्शन गरिएको बागमती सेवा समाज नेपालका प्रतिनिधि सुवोध महतोले जानकारी दिनुभयो ।


हरिपुर्वा नगरपालिकाको वडा नं ७ स्थित बसन्तपुर बजार र राम जानकी माध्यमिक विद्यालयमा , चन्द्रनगरको वडा नं ७ कमाद र वडा नं –२ स्थित श्री दुर्गा खोभारी जनता उच्च मा.वि बबरगञ्जमा, ब्रमपुरी गाउँपालिकाको वडा नं ६ स्थित नोकैलबा तथा जलन्धर कमलदेव माध्यमिक नमुना विद्यालय–२ मा सडक नाटक प्रदर्शन गरिएको छ । तयस्तै पर्सा गाउँपालिकाको पब्लिक माध्यमिक विद्यालय र पर्सा वडा नं.४ को जिँगडवामा नाटक प्रदर्शन गरिएको हो ।

श्री राम जानकी मा.वि को प्र.अ सन्तोष ठाकुर भन्नुहुन्छ यस्तो सडक नाटक ले हाम्रो समुदाय मा भएको विकृति हातेपाईप अगाडि भाडा मस्काउने, लुगा धुने, नुहाउने जस्ता दैनिक क्रियाकलप ले हामीले खाने पानी फोहर हुन्छ र विभिन किसिमको रोगहरु निम्त्याउँछ भन्ने नाटक बाट सिकाइ भयो । हाम्रो समुदाय र विद्यालय को बालबालिका, अभिभावक, शिक्षक सबैले अब देखी यस्ता कामहरू गर्दा सावधानी अपनाई गर्छ भने विश्वास राखेको छ। त्यस्तै जल वायु उथानसिल सम्बन्धी समुदाय स्तरमा जनचेतनाका लागि नाटकका माध्यम प्रभावकारी भएको समुदाय र विद्यालय स्तरले जानकारी गराएको भन्ने विषय मा नाटक टिमले जनायो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button