६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
संविधानको अन्त्यष्टि गर्नुपर्छ–प्रभु साह – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

संविधानको अन्त्यष्टि गर्नुपर्छ–प्रभु साह

विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेको संविधानको अन्त्यष्टि गर्नुपर्ने बताएका छन् । सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रुपमा मनाउँने तयारी गर्दै गर्दा उनले संविधान दिवसको कुनै औचित्य नभएको बताए ।

विराटनगरमा आज आजपाको कोशी प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गण्डा व्यवस्था’ भएको टिप्पणी गर्दै अहिलेको संविधानले नेपाली जनताको चाहना पुरा हुन नसक्ने बताए ।

‘अहिलेको संविधानको रक्षा गर्न सकिदैन् । अहिलेको व्यवस्था र संविधानले देशलाई अगाडी बढाउँन सक्दैन् । देशमा लोकतन्त्र होईन, दलतन्त्र छ’ साहले भने, ‘नेपालमा राजतन्त्र फालेर लोकतन्त्र ल्याउँने भनियो तर लोकतन्त्र हैन, दलतन्त्र आएको छ । आजको दिनमा राजन्त्र त हटयो तर छोटे राजाहरुको जन्म भएको छ ।’

अहिले कुनै पनि कार्यालयमा विना घुसको काम गराउँन सकिने अवस्था नभएको बताउँदै उनीहरुले ति भ्रष्टहरुलाई ठुला दलका शीर्ष नेताहरुले नै संरक्षण गरिरहेको आरोप उनले लगाए । विदेशमा मौज गरिरहेका, नेपालबाट लुटेर विदेशमा पुगेकाको पक्षमा सरकार उभिने गरेको तर विदेशमा मजदुरी गर्ने श्रमजिवि मजदुर जसले नेपाल बनाउँन श्रम गर्ने गरेको त्यसलाई हेला गर्ने काम सरकारबाट भईरहेको उनले बताए ।

‘भगौडा दललाको पक्षमा कानून निर्माण गर्ने, नेपालमा लुटेर विदेशमा मौज गर्नेकै पक्षमा लाग्ने सरकार उनीहरुकै पक्षमा थप कानून बनाएर नेपालको पैसा विदेशमा पुर्याउँन काम गरिरहेका छन’ साहले भने, ‘तर विदेशमा श्रम गर्ने, विदेशमा काम गरेर नेपालमा पैसा पठाएर नेपाललाई समृद्ध बनाउँन चाहने युवा, श्रमिकको पक्षमा सरकार नलाग्नु लाजमर्दो कुरा हो ।’

मुलुकलाई समृद्ध बनाउँन आम जनताको शासन आवश्यक रहेको बताउँदै उनले दलतन्त्र र मुठिभर नेताहरुको गलत क्रियाकलापले देशको आर्थिक अवस्था झनझन बिग्रदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

एक मधेस एक प्रदेशको नारा दिने तर मधेसलाई लुटने काम बाहेक अरु केही नभएको बताउँदै उनले मधेस विकासको सूचांकमा किन पछाडी पर्यो भन्ने बिषयमा जवाफ लिनुपर्ने बताए । एक मधेसको नारा दिएर आठ जिल्लाको मधेस बनाउँने काम किन भयो ? उनले प्रश्न गरे ।

‘तराई मधेस हिजोको दिनमा समृद्ध थियो । छुटै गौरव महसुश हुन्थ्यो तर आज त्यही समृद्ध मधेसलाई लुुटने बाहेक अरु केही भएको छैन् । हिजोको दिनमा पहाडबाट मान्छेहरु तराईमा झर्दा गौरव महसुश गर्थे, तराईमा बसाईसराई गर्न चाहन्थे’ साहले भने, ‘मधेस हरेक हिसावले समृद्ध भए पनि यहाँ, शिक्षा, स्वास्थ्य, विकास लगायतका क्षेत्रमा किन पछाडी पर्यो ? मानव विकास सूचांकमा किन पछाडी छ ? यहाँको सरकारले जवाफ दिनुपर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.