
लालबन्दी ।नेपाल क्युकोशिन कान कराते संघका तीन खेलाडी नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगीताका लागी छिमेकी मुलुक भारत गएका छन ।भारतको कलकत्तास्थित रसबिहारीमा यहि सेप्टेम्बर २९ र ३० तारिखमा हुने प्रतियोगीतामा भाग लिन जाने खेलाडीलाई मंगलवार लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीले बिदाइ गरेका हुन ।
जिल्लाको लालबन्दी ७ स्थित युनाईटेड होटलमा एक औपचारीक कार्यक्रमका बिच ३ जना खेलाडीलाई बिदाई गरिएको नेपाल क्युकोशिन कान कराते संघका ब्रान्च चिफ भिम प्रसाद काफ्ले(सुवास)ले जानकारी दिए।लालबन्दीबाट सौरभ बस्नेत, सबिन वाईबा र काठमाण्डौँका कबिन देसार गरि ३ जनालाई भारतमा हुने प्रतियोगीताको लागी बिदाई गरिएको हो ।
नेपाल क्युकोशिन कान कराते संघका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवम् लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लव लालबन्दी सेन्चुरीका अध्यक्ष मोहन राउत, नेपाल क्युकोशिन कान कराते संघ सर्लाहीका सचिव शसि देवकोटा, नेकपा माओवादी केन्द्र लालबन्दी नगरकमिटि अध्यक्ष लेखराम जर्गा मगर, खेलाडीका अभिभावक लगाएतको सहभागीत रहेको थियो ।उनिहरुलाई सहभागीले खादा, अबिर, नेपाली टोपी लगएर राष्ट्रिय झण्डा प्रदान गर्दै,देशको शान बढाए फर्कन भन्दै,बिदाई गरेका थिए ।