
भक्ती रिजाल
– सर्लाही ।इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको १४९८ औं जन्म जयन्तीको उपलक्ष्यमा आज एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान सम्पन्न भएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ११ को आयोजनामा इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मद पैगम्बरको १४९८ औं जन्मजयन्ती `मोहम्मद डे´ (इद मिलादुन्नबी) अर्थात `शुभकामना´ आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न दलका नेताहरुले आआफ्नो धारणा राख्ने क्रममा सामाजिक सद्भाव कायम राख्नु पर्ने तर्फ जोड दिएका थिए । पछिल्लो समयमा बिकास भइरहेको समस्या प्रती संकेत गर्दै सद्भाव कतै बाट पनि खल्बलिन नहुनेमा नेताहरुको जोड थियो ।
वडा नम्बर ११ को सभा हलमा भएको कार्यक्रम
हरिवन नगरपालिका की उप-मेयर हरिमाया घलानको प्रमुक आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेष महबुब रेजाले गर्नु भएको थियो ।