६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मानसिक सन्तुलन ठिक नभएको व्यक्तिको उद्धार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मानसिक सन्तुलन ठिक नभएको व्यक्तिको उद्धार

सर्लाही,२ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर बाट एक जना मानसिक सन्तुलन बिग्रेको व्यक्तिको उद्धार गरिएको छ ।

मानसिक सन्तुलन बिग्रेको उक्त व्यक्ति करिब एक हप्ता देखि नवलपुरमा डुल्दै गरेको जानकारी नयाँ पुस्ता विकासका सचिव शारदा बान्तवा लाई भएपछी, नयाँ पुस्ता विकासका अध्यक्ष नवराज कुशवाहा लगायत वडा अध्यक्ष हरिहर बहादुर भटराई र स्थानिय प्रहरीको उपस्थितिमा ति व्यक्तिको उद्धार गरिएको छ ।

बुधवार मानसिक सन्तुलन बिग्रेको ति व्यक्तिलाई उद्धार गरी हरिवन नगरपालिकामा रहेको मानव सेवा आश्रममा पठाइएको छ । मनसिक सन्तुलन बिग्रेको ति व्यक्तिको टाउकोमा घाउ भैइ किरा परेको र तिनको अवस्था दयनिय रहेको स्थानियहरुले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.