६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने आजपा अध्यक्ष प्रभु साहको प्रतिबद्धता – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने आजपा अध्यक्ष प्रभु साहको प्रतिबद्धता

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मदरसा ऐन तथा मदरसा बोर्डको लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियामा आजपाद्वारा आयोजित महान पर्व दशैं, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा अध्यक्ष साहले मदरसा ऐन र बोर्ड गठनको लागि संघर्ष गर्ने प्रतिबद्धता गरेका हुन् ।
उनले शिक्षामा देखिएको विभेद हटाउनुपर्नेमा जोड दिए । उनले सरकारी बिधालयमा एउटा पाठ्यक्रम र निजी बिधालयमा अर्को पाठ्यक्रम तथा अंग्रेज़ी भाषालाई सरकारी मान्यता र मुस्लिम भाषाको मदरसालाई बेवास्ता गरिएकोमा आक्रोश पोख्दै आएका छन् । त्यस किसिमको विभेदलाई हटाउन र मदरसाको मान्यता दिलाउन मदरसा ऐन तथा मदरसा बोर्डको स्थापना जरुरी रहेको बताए ।

आजै कटहरिया नपाको फतेपुर गरुडा नपाको महमतपुर र पिपरीयामा आजै कार्यक्रम सम्पन्न भएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरन यादवले बताए।

कार्यक्रममा आम जनता पार्टीका महासचिव उपेन्द्र साह, सचीव पूर्व संघिय सांसद महिला नेतृ समीना हुसेन, स्थाई कमिटी सदस्य रौतहट जिल्ला इन्चार्ज अमर साह, आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, महिला नेतृ रञ्जु साह, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, पूर्व उपप्रमुख कान्ति देबी महतो, कटहरिया नगरपालीकाको पूर्व मेयर सीयाराम कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.