६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
तोकिएका लक्ष्य पुरा गर्नेतर्फ ध्यान केन्द्रित गर्न कार्यकारी निर्देशक भट्टराईको निर्देशन – Nigrani Today
ताजा खबरसमाचारसमाज

तोकिएका लक्ष्य पुरा गर्नेतर्फ ध्यान केन्द्रित गर्न कार्यकारी निर्देशक भट्टराईको निर्देशन

काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईले कृषक तथा सरोकारवालालाई कार्यालयबाट दिइने सेवासुविधा छिटोछरितो उपलब्ध गराउँनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद ९नार्क०को वागमती प्रदेशस्तरीय आ।ब। २०७९÷८० को चौथो तथा बार्षिक प्रगति समिक्षा गोष्ठि बैठकलाई आज सम्बोधन गर्दै कार्यकारी निर्देशक भट्टराईले कार्यालयबाट तोकिएको समयभित्र तोकिएका लक्ष्यहरु कसरी पुरा गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘वागमती प्रदेश स्तरीय चौथो तथा बार्षिक प्रगति समिक्षा गोष्ठिमा सहभागि हुनुहुने बैज्ञानिक तथा समस्त कर्मचारीहरुले तोकिएको समयभित्र तोकिएका लक्ष्यहरु कसरी पुरा गर्न सकिन्छ भन्नेमा हामी ध्यानकेन्द्रित गर्न आवश्यक छ’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘हामीले प्रत्येक कार्यालयबाट छिटोछरितो काम गर्ने वातावरण बनायौं भने कृषक तथा सरोकारवालाहरुलाई मात्रै हैन सबैलाई फाईदा हुन्छ ।’

कृषि अनुसन्धान तथा सेवा प्रवाहलाई अझै प्रभावकारी तथा गुणस्तरीय बनाउँनुपर्ने जिम्मेवारी हाम्रो काँधमा भएकाले सोही अनुसार सबैले आफ्नो जिम्मेवारीलाई पुरा गर्दै अघि बढनुपर्ने उनले बताए ।

नार्कको बृहत उदेश्य पुरा गर्ने लक्ष्य सहित सरकारले आर्थिक संकटकको बेलामा समेत कृषि अनुसन्धानलाई महत्व दिएर प्रदान गरेको बजेटलाई पूर्णरुपमा सदुपयोग गर्दै भट्टराईले आगामी तीन बर्षभित्रमा अनुसन्धानमा फड्को मार्ने किसिमले काम गर्नुपर्ने बैज्ञानिक तथा कर्मचारीहरुलाई निर्देशन दिए ।

सबैको साथ सहयोगबाट नै नार्कको उदेश्य पुरा हुने बताउँदै उनले नार्कको विविध क्षेत्रमा एकै पटक सुधारको खाँचो रहेकाले सबैको साझा प्रयास आवश्यक रहेको बताए । विगतका कमिकमजोरीलाई सच्याउँदै अझै थप प्रगति गर्नुका साथै कषि अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै कृषकमैत्री हुनुपर्ने उनले बताए ।

सो समीक्षा गोष्ठीमा वागमती प्रदेशका ३२ वटा कार्यालयको गत आर्थिक बर्षमा सञ्चालित अनुसन्धान तथा पुँजीगत कार्यक्रमहरुको बजेट, उपलिब्ध, प्रगति तथा देखा परेका समस्याबारे सम्बन्धित कार्यालयहरूबाट प्रस्तुति भएको थियो ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक वनेशमान साखःको सभापतित्वमा सञ्चालित गोष्ठीमा नार्कका निर्देशकहरूको पनि सहभागिता रहेको थियो । परिषद् अन्तर्गतका विभिन्न कायार्लयहरूबाट विकसित प्रविधि र तिनको कृषकस्तरमा प्रचारप्रसारबारे गहन छलफल हुने सो गोष्ठीका अतिरिक्त यसै हप्ताभित्र देशका अन्य प्रदेशमा पनि नार्क अन्तर्गतका विभिन्न कार्यालयहरूको समीक्षा गोष्ठी हुन गइरहेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्याय बताए । कार्यक्रमको सञ्चालन कुमारमणि दाहालले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.