५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हुलाकी राजमार्ग ६ लेनको निर्माण गर्नुपर्ने भए पनि मधेस विरोधी ओली सरकारले चासो दिएन्–प्रभु साह – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचार

हुलाकी राजमार्ग ६ लेनको निर्माण गर्नुपर्ने भए पनि मधेस विरोधी ओली सरकारले चासो दिएन्–प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल नेकपा (एमाले)ले सडकमा शक्ति प्रदर्शन गर्नुभनेको ‘कही नभएको जात्रा हाडी गाउँ’मा भनेझै भएको टिप्पणी गरेका छन् । सत्तामा पुगेको दलले जनताको सेवा गर्नु र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नुको साटो काठमाडौंमा एमाले शक्ति प्रदर्शन गरेर जनतालाई तर्साउन खोजेको आरोप उनले लगाए ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज बाराको फेटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सत्तापक्षका भ्रष्टाचारी, अपराधीलाई संरक्षण गरिरहेको वर्तमान सरकारले विपक्षीलाई तर्साउन खोजेको आरोप लगाए ।

भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्नका लागि बनेको वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले अहिले सत्ता र सडकबाट आतंक मचाएको आरोप उनले लगाए । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो तर्साउने, डराउने, आतंक मचाउन सडकमा प्रदर्शन गर्न लागेको उनले बताए ।

एमालेको सडक प्रदर्शन सत्ताको उन्मादको प्रहसन भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री नै सडक प्रदर्शनमा उत्रिनु भनेको लोकतन्त्रको उपहास भएको टिप्पणी उनले गरे । ‘सरकारले सडकबाट काउण्टर गर्ने जुन स्थिति निर्माण गरिरहेको छ त्यो भनेको बच्चालाई कुट्ने र रुन पनि नदिने कुरुरता हो’ आजपा अध्यक्ष साहले भने ।

‘लोकतन्त्रका लागि लडेको पार्टीमा अहिले निरंकुशता छ । निश्चित व्यक्तिको स्वार्थका लागि पुरै पार्टी सत्ती जानुपर्ने किन ? लोकतन्त्र नै खतरामा छ, यो दलीयतन्त्रले भ्रष्टाचार, मनोमानी, बेथिति, कुशासन बढाएको छ’ आजपा अध्यक्ष साहले भने, ‘दुई ठुला दल मिलेर सरकार गठन गर्नुको उदेश्य नै भ्रष्टाचारी जोगाउँने, अपराधीलाई संरक्षण गर्नका लागि हो । हैन भने गिरिबन्धु, ललिता निवास, टेरामक्स, वाईडवडी लगायतका ठुलाकाण्डका भ्रष्टलाई यो सरकारले कारवाही किन नगरेको ? भ्रष्टाचारीलाई कारवाही गर्न कसले रोकेको छ ?’

अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर, सिमावर्ती क्षेत्रमा सरकारले निजिसम्पती लुट्ने काम बढदै गईरहेको बताउदै उनले सरकारले मुलुकमा आतंक मचाएको आरोप लगाए ।

जनादेश विपरित नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकार गठन गर्नु दुनियामा कही नभएको जात्रा नेपालमा गरिएको उनले बताए । विगतको निर्वाचनमा छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि कांग्रेस र एमालेले एकअर्काको सरकार बनाउँने भनेर मत नमागेको तर अहिले मतदाताको भावना विपरित गठबन्धन गरेको उनले बताए ।

‘लोकतान्त्रि मुलुकमा जनताको जनादेश विपरित जाने छुट कसैलाई हुदैन् । जबकी फरक जनादेश पाएका पार्टीको गठबन्धनले अनैतिक रुपमा सरकार चलाईरहेको छ । गत निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका दलले मतदाताको भावना विपरित काम गरिरहेको छ । मतदातासंग मत माग्ने बेलामा कांग्रेसले एमालेको सरकार बनाउछौं मलाई मत दिनु भनेन् । एमालेले पनि कांग्रेसको सरकार बनाउँछौं भनेर मत मागेन तर यहाँ मतदातासंग गरेको वाचाविपरित काम भईरहेको छ, यो अनैतिक हो’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ ।

यस्तै आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओली मधेस र मधेसी बिरोधी भएकाले मधेसको बिकास नभएको बताएका छन् । पुर्वपश्चिम हुलाकी राजमार्ग ६ लेनको निर्माण हुनुपर्ने भए पनि ओली सरकारले निर्माणमा चासो नदेखाएको उनले बताए । हुलाकी राजमार्ग, काठमाडौं–तराई मधेस द्रुतमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चासो नदिएको ओली सरकारले मधेसको बिकासका अवरुद्ध गरेर राखेको आरोप साहले लगाए । पथलैया बीरगंज औधोगिक क्षेत्रलाई व्यवस्थित गर्न नसकेको सरकारले करमाथि कर असुल्ने र राज्यको ढुकुटी लुट्ने काम मात्रै गरिरहेको आरोप उनले लगाए ।

‘कलैयाको हुलाकी सडक अझै कालोपत्रे हुन सकेको छैन् । मधेसको तीन किलोमिटर सडक पनि यो सरकारले कालोपत्रे गर्न नसक्ने हो र ? प्रधानमन्त्री एमाले, भौतिक मन्त्री एमाले, संघीय सांसददेखी प्रदेश सांसद, मेयर मात्रै नभएर प्रदेशमा मन्त्री पनि एमालेकै छ । तर पनि त्यो सडक कालोपत्रे अहिले हुन नसके कहिले हुन्छ ?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘यसैबाट देखिन्छ यो सरकार मधेस र मधेसी बिरोधी हो । हैन भने मधेसको बिकास किन रोकेको ? हुलाकी सडक कम्तिमा ६ लेनको बनाउनुपर्ने तर सरकार बनाउदैन् । बारा अन्तर्राष्ट्रिय बिमानस्थलदेखी काठमाडौं तराई मधेस फास्ट ट्याकको निर्माण रोकेर सरकारले मधेसमा कुनै प्रकारको बिकास हुन दिन चाहदैन् ।’

आजपा बारा जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षत्रय समिना हुसेन, अशोक लामा महासचिव त्रिभुवन साह, उपमहासचिवद्धय सियाराम कुशवाहा, राजन यादव लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । फेटामा आमसभा हुनुभन्दा अघि कलैयामा भ्रष्टाचार बिरुद्ध यात्रा टोलीले कलैयामा रोडसो गरेको थियो । साथै यात्रामा सहभागिलाई आजपा अध्यक्ष साहले सम्मान समेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button