५ जेष्ठ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लागु औषध नाईट्राभेट ट्याब्लेट सहित दुइ जना पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लागु औषध नाईट्राभेट ट्याब्लेट सहित दुइ जना पक्राउ

सर्लाही,२४ चैत्र । सर्लाहीको लालबन्दीमा लागु औषध नाईट्राभेट ट्याब्लेट सहित दुइ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका वडा नं. ७ चितायन बस्ने रामभक्त साह रौनियारको छोरा अन्दाजी वर्ष २८ को पिन्टु कुमार गुप्ता र सोही मोटरसाईकल पछाडी सवार रहेको सोही ठाउँ बस्ने राम आशिष सहनीको छोरा अन्दाजी बर्ष ३० को राजेश सहनी रहेका छन । पक्राउ परेका युवकहरुको साथ बाट ३ हजार प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको ५ ।

शुक्रवार लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर चौक स्थित रेड चिल्ली होटेल अगाडी ति युवकहरु लागु औषध नाईट्राभेट ल्याउदैछ भन्ने लागु औषध नियन्त्रण व्यूरो बिरगंज शाखाको विशेष सुचनाको आधारमा उनिहरुलाइ पक्राउ नियन्त्रणमा लिइएको थियो ।

प्रहरी टोलीले मलंगवाबाट नवलपुरतर्फ आउदै गरेको ज. ४ प ५१३६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा ति युवकहरु कालो प्लाष्टिकमा चाउचाउको काटुन भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नाईट्राभेट ३ सय पिस फेला परेको उक्त लागु औषध र मोटरसाइकल नियमानुसार बरामद गरी आवश्यक अनुसन्धान इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.