५ जेष्ठ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको क्षति – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको क्षति

सर्लाही,२६ चैत्र । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० बेला खैरा बजारमा रहेको मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
जेनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयहरुको अनुमान छ।

गए राति जेनर स्टोरमा आगलागी हुदा चामल, दाल, भुजा प्याकेट, चाउचाउ, सावुन, रेडबुल, बियर तथा नगद रकम सहित विभिन्न किराना सामग्री जलेर नष्ट भएको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभएको छ ।

जेनर स्टोरमा आगलागी हुदा सुविधा बचत तथा ऋण सहकारी संस्था मलंगवा शाखामा ऋण फुकुवा गर्न र एन आई सी एसिया बैंकको सावा र ब्याज तिर्न राखिएको नगद रु ८ लाख, चियापती २४ किलो, भुजा १५ बोरा, चुरोट १ काटुन, फ्रिज, खाने तेलको प्याकेट २ सय ६५ लिटर , चकलेट १० हजार बराबरको, मैदा २ बोरा, दाल १ बोरा, पेपरको बोरा लगायतका सामग्री जलेर नष्ट भएको ईश्वरपुर नगरपालिका वडा नं ९ बस्ने मधु जेनरल स्टोरका संचालक राम भरोश महतोले दावी गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.