६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न

सर्लाही । लामो राजनीतिक खिचातानी र रस्साकस्सीपछि अन्ततः चन्द्रनगर गाउँपालिकाको १३औं गाउँसभा आइतबार सम्पन्न भएको छ ।

गाउँसभा गर्न गाउँकार्यपालिका सदस्यहरुबीच सहमति भएपछि असारमै हुनुपर्ने गाउँसभा झण्डै ९ महिना पछि आईतबार सम्पन्न भएको हो ।

गाउँसभाले आर्थिक वर्ष २०८०÷८१ को लागि ५९ करोड ३० लाख ५९ हजार ७६९ रुपैयाँ ७१ पैसा बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

गाउँसभा गर्न यसअघि पनि पटक पटक प्रयास गरेपनि हुन सकेको थिएन । गाउँ कार्यपालिकामा अध्यक्ष महतोसंग स्पष्ट बहुमत नहुँदा उपाध्यक्षसहितका कार्यपालिका सदस्यहरुले विभिन्न माग राखेर गाउँसभामा अवरोध गर्दैै आईरहका थिए ।

गाउँसभा नहुँदा गाउँपालिकाको विसका निर्माण लगायतका महत्वपूर्ण काम तथा योजनाहरु अवरुद्ध भएको थियो भने नागरीकले सास्ती पाएका थिए ।
ढिलो गरी भएपनि गाउँसभा सम्पन्न भएकोले अब विकास निर्माणका काम फटाफट अघि बढ्ने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

उहाँले गाउँसभा गर्न महत्वपूर्ण सहयोग गर्नुहुने सबै गाउँकार्यपालिका सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.