
सर्लाही, श्रावण १० गते सर्लाहीको बसबरीया गाँउपालिका वडा नं ३ मुसहर बस्तीमा मुसहर महिला कृषक समुहमा पशु पालन सम्बन्धि तालिम संचालन गरीएको छ ।
मुसहर समुदायको उत्थानका लागि कार्यरत साउथ एसिया पार्टनशीप नेपाल (साप–नेपाल) ले एक महिनाअघि मुसहर बस्तीमा ४३ घर परिवारलाई बंगुर, बाख्रा र पाडी वितरण गरेको थियो । सो बस्तीमा ३१ परिवारलाई उन्नत नश्लको बंगुर, ३ परिवारलाई पाडी र ८ परिवारलाई बाख्रा वितरण गरेको थियो ।
विपन्न मुसहर सुदायलाई पशु चौपाएको उचित हेरचाहर, स्याहार र व्यवस्थापन गर्ने उद्देस्यले पशु व्यवस्थापन सम्बन्धि १ दिने तालिमको आयोजना गरेको साप नेपालका प्रदेस संयोजक जनक कार्कीले बताउनु भयो । सोही अवसरका साप नेपालले समुहमा बितरण गरेका पशुचौपायहरुश्रको विमा गर्न १५ हजार रुपैया सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
बसबरीया गाँउपालिकाको पशु स्वास्थ्य शाखासँग समन्वय गरी चौपायालाई निःशुल्क रूपमा जुका, नाम्लेसहित भित्री तथा बाहिरी किरा नियन्त्रणका लागी दवाई लिन अनुरोध गर्नु भएको थियो । पशु शाखा प्रमुख सत्यन्द्र रायले समुहका कृषकहरुलाई खोर व्यवस्थापन, सरसफाई सन्तुलित आहार, रोग तथा कीरा नियन्त्रण, र बिमा बारे जानकारी गराउनु भएको थियो । पशु शाखाले कृषकहरुलाई दिने सेवा सुबिधाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मुसहर महिला सशक्तीकरण मञ्च बसबरियाकी अध्यक्ष सिता देवी माझीले साप–नेपालबाट निरन्तर सचेतनामूलक कार्यक्रम प्रदान गरिएपछि बस्तीमा सरसफाइ गर्ने, आफ्ना बालबालिकालाई विद्यालय पठाउने, बचत गर्नेजस्ता सकारात्मक परिवर्तन आइरहेको बताउनुभयो । समुहको अगुवा मन्मा देवी माझीले गाँउपालिकाले मुसहर समुदाएलाई आयआर्जनको लागी हाल सम्म केही नगरेको बताउनु भयो । पालिकाले मुसहर समुदायको नाली समेत सरसफाई नगरेको बताईन ।
बसबरियामा अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालीत लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई जेन्डर, समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहु विवाह बिरुद्ध सचेतना, जन्म दर्ता, बिद्यालय भर्ना अभियान कार्यक्रम संचालन गर्दै आएको छ । यसका साथै स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धीमा अनुसिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको छ ।