२ जेष्ठ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बेग्ला बेग्लै दुर्घटनामा परी एक बालिका सहित दुई जनाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बेग्ला बेग्लै दुर्घटनामा परी एक बालिका सहित दुई जनाको मृत्यु

सर्लाही,१० साउन । सर्लाहीमा बेल्गा बेग्लै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउपालिकामा मोटरसाइकलको ठक्कर बाट बाख्रा चराउन गएकी बालिकाको मृत्यु भएको छ । वडा नम्बर ४ जिगंडवामा बुधबार बिहान नौ बजे अज्ञात मोटरसाइकलले बाख्रा चराउन गएकी १० बर्षिय बालिकालाई ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको सग्राम्पुर बि.ओ.पि.शस्त्रबल सुरक्षा चौकिले जानकारी दिए । जिगंडवा बाट संग्राम्पुर तिर तिब्र गतिमा गइरहेको मोटरसाइकलले पर्सा गाउपालिका–४ जिगंडवा बस्ने हरि बिरेन्द्र पासवान को छोरी १० वर्षिया मनिषा कुमारी पासवानलाई शस्त्र कैम्प देखि तिन चार सय मिटर उत्तर रहेको इटा भटा अगाडी ठक्कर दिदाँ बालिकाको घटनास्थलमै मृत्यू भएको प्रहरीले बताए । बिहानको समय रहेकोले बाटोमा कम ओहर दोहर भएको कारण अपराधी उम्किन सफल भएको र प्रत्यक्षर्दशीहरुले बताएको हुलिया अनुसार पसलहरुमा लगाएको सिसिटिभी क्यामराहरुमा पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ । बालिकाको सव अहिले पोस्टमार्डमको लागी जिल्ला अस्पतालमा राखिएको छ ।

यसैगरी सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका एक जना अधिकृतको मृत्यु भएको छ। मृत्युु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ६ बयलबास बस्ने अन्दाजी २९ वर्षिय बसन्त साह रहेका छन ।अनुसन्धान अधिकृत साह मंगलबार राष्ट्रिय अनुसन्धान कार्यलय मलंगवा बाट बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको अपाचे मोटरसाइकलमा सवार भइ घर तर तर्फ फर्कने क्रममा गएराती नै ईश्वरपुर वडा नं ९ स्थित खोरियाटोलमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकृत साहको मोटरसाइकल दुर्घटना गएराती भएपनि प्रहरीलाई घटना बारे बुधबार जानकारी भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।मृत्क अनुसन्धान अधिकृत साहको शव परिक्षणको लागि प्रदेशिक अस्पताल मलंगवा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.