६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सांसद डा. अमरेश सिंह र पुर्व सांसद शिवपुजन यादव क्षेत्र नं. ४ मा गुुण्डा राज गर्ने गरेको जनमत पार्टीका केन्द्रिय सदस्य यादवको आरोप – Nigrani Today
Uncategorizedताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सांसद डा. अमरेश सिंह र पुर्व सांसद शिवपुजन यादव क्षेत्र नं. ४ मा गुुण्डा राज गर्ने गरेको जनमत पार्टीका केन्द्रिय सदस्य यादवको आरोप

सर्लाही । जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज श्रीचन यादव (सुजन) ले सर्लाही क्षेत्र नं. ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र नेकपा माओवादीका नेता शिवपुजन यादवले गुुण्डा राज गरेको आरोप लगाउनुुभएको छ ।

बलरा नगरपालिका वडा नं. ११ छतौनामा जनमत पार्टीले आयोजना गरेको जनआन्दोलन दिवसको अवसरमा बृहत पार्टी प्रवेश विशाल आम सभा र नगर अधिवेशनलाई सम्बोधन गर्नुहुदैँ उहाले डा. आरेश सिंह र शिवपुजन यादवले कहिले जातको नाममा त कहिले पैसाको आडमा सोझा जन्तालाई भ्रमित गरी भोट ठगेर निर्वाचित भई गुण्डा राज गरेको उहाले आरोप लगाउनुुभयो ।

केन्द्रिय सदस्य यादवले उनिहरुले जन्तालाई भ्रमित गरी २० औं वर्ष देखि अन्धकारमा धकेलेको बताउनुुभयो । स्वतन्त्र सांसद डा. सिंह र शिव पुजन यादव पटक पटक निर्वाचित भए पनि क्षेत्र नं. ४ को अवस्था फेरिनुुको साटो नागरिक झन झन शास्ती खेप्दै आएको छ । उहाले क्षेत्र नं. ४ मा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको विषयहरुमा डा. सिंह र शिवपुजन निर्वाचित हुदाँ पनि परिवर्तन नभएको बताउनुुभयो ।

श्रीचन यादव (सुजन) ले नेताहरु जातको नाममा राजनैतिक गरेको हुदाँ आफुलाई घिन लागेको छ । नेपालको कानुनमा थर परिवर्तन गर्न प्रावधान भएको भए आफुले डोम समुदायले राखेको थर राख्ने गर्थे उहाले बताउनुुभयो । मधेशमा जातपात तथा पैसाको राजनैतिक अन्तय गर्ने उहाले बताउनुुभयो । जातको आधारमा राजनैतिक गर्ने मान्छे नेता होइन जातको मानजन हुने भएकोले अमरेश सिंह र शिवपुजन गुण्डा भएको नेता यादवले आरोप लगाउनुुभयो ।

जुन नेतामा मानवता छैन त्यो व्यक्ति नेता हुन नसक्ने उहाले बताउनुुभयो । उहाले नागरिकहरुलाई २० वर्ष सम्म अमरेश सिंह र शिवपुजन जस्तो व्यक्तिलाई विश्वास गरे पनि उनिहरुले विश्वास घात गरेको हुदाँ एक पटकलाई जनमत पार्टीका नेताहरुलाई विश्वास गरेर हेर्दा हुन्छ नेता यादवले बताउनुुभयो । पुर्व प्रतिनिधि सभा सदस्य समेत रहेका शिवपुजन यादवले माओवादीको संस्थापक नेता तथा क्षेत्र नं. ४ को मसिहा भनाउने गरेको तर सिन्को समेत नभाचेको केन्द्रिय सदस्य यादवले बताउनुुभयो ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य राकेश मिश्रा लगायत अन्य नेताहरुले मनतव्य दिनुुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.