६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रथम लोकतान्त्रिक गोल्डकपको उपाधि जनसेवीलाई – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारस्थानीय

प्रथम लोकतान्त्रिक गोल्डकपको उपाधि जनसेवीलाई

सर्लाही। मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि महोत्तरीको जनसेवी युवा क्लवले उचालेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ रामपुर खेलमैदानमा शनिबार भएको फाईनल खेलमा बर्दिवास नगरपालिकाको टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै जनसेवीले नगद २ लाखसहित शिल्ड हात पारेको हो । प्रतियोगितामा द्वितिय भएको बर्दिवास नगरपालिकाको टिमले भने नगद १ लाखमै चित्त बुझाएको छ ।

लोकतान्त्रिक खेलकुद संघ सर्लाहीको आयोजना तथा जनजागृति यूवा क्लव रामपुरको सहआयोजनामा चैत्र १७ गतेबाट मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको थियो ।

प्रथम र द्वितिय भएका क्लबका प्रतिनिधिहरुलाई प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र मोहन यादव, ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्य, हरिपुरका नगर प्रमुख गोपाल पजियार, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापती हरि बहादुर लङ्गुेली र सर्लाही लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष रोजित के.सी. ले हस्ताक्षर गरेको प्रमाण पत्र वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.