६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा रमजानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनमा रमजानको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चैत्र २५ गते । सर्लाहीको हरिवनमा रमजानको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम धर्मावलम्वीहरुले महिना दिनसम्म कठोर व्रत बसेर मनाउने पवित्र पर्व रमजानको उत्तार्धमा हरिवन नगरपालिका ११ नम्बर वडा कार्यालयले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
बालगंगास्थित निर्माणाधीन बर्काती जामे मस्जिदको प्राङ्गणमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको हरिवन ११ का वडाअध्यक्ष शेख मेहबुव रेजाले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथी मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव हुनुहुन्थ्यो ।


कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवनका संस्थापक मेयर गणेश प्रसाद प्रसाईंसहित विभिन्न वडाका वडासदस्य तथा स्थानीय नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी मन्त्री यादवले रमजानको अवसरमा सबै मुस्लिम दाजुभाई दिदी बहिनीलाई शुभकामना दिनुभयो । त्यस्तै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोेकीसहितका अतिथीहरुले पनि रमजानको शुभकामना व्यक्त गर्नुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रम पश्चात मन्त्री यादवले निर्माणाधीन मस्जिदको अवलोकन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.