२ जेष्ठ २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आईटी आर्मीको अध्यक्षमा चन्द्रभुषण साह – Nigrani Today
राजनीति

आईटी आर्मीको अध्यक्षमा चन्द्रभुषण साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको तेस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा चन्द्रभुषण साह निर्वाचित भएका छन् । आजपाको प्रवक्ता समेत रहेका साहको नेतृत्वमा १ सय १ सदस्यीय केन्द्रीय कमिटीको घोषणा भएको छ ।

कमिटीको उपाध्यक्षमा योगेश राल्फाली, निवेश यादव, शारदा अर्याल (सुमन), दिलिप साह, राजेश साह, निरज गौतम, महासचिवमा नरेशप्रसाद तुरहा, सचिवमा बालाशंकर कुशवाहा, रविन्द्र यादव, प्रेम साह, प्रशान्त तिम्लसिना, पप्पु साह, पंकज सिंह, दिनेश सहनी, श्रीलाल सुनार र कोषाध्यक्षमा शारदा पाण्डेय रहेका छन् ।

यसैगरी सो भेलाबाट प्रशिक्षण विभागको प्रमुखमा योगेश राल्फाली, संगठन विभागको प्रमुखमा नरेशप्रसाद तुरहा, उत्पादन विभागको प्रमुखमा शारदा आर्याल, प्रचार विभागको प्रमुखमा निवेश यादव र इन्टिलिजेन्स विभागको प्रमुखमा निरज गौतमलाई चयन गरिएको छ ।

आईटी आर्मीको केन्द्रीय सदस्यहरुमा विकेश तामाङ्, राजु साह, विश्वराज पटेल, जयलाल महतो, अमिन्द्र यादव, प्रदिप मण्डल, आशिष गुप्ता, बुद्ध लामा, प्रदीप साह, चिन्टू वर्मा, दिपेन्द्र साह, खुशिलाल यादव, सनी गुप्ता, नवीन साह, रामकाजी श्रेष्ठ, ललिता कुमारी साह, पदम बहादुर शाही, मनु पटुवा, आर्या पाण्डेय, जयनारायण कुशवाहा, महेश यादव, अशोक पटेल, कुशराज न्यौपाने, रञ्जीत क्षेत्री, कृष्ण पौडेल, आशिष चौधरी, देवेन्द्र सिंह कुशवाह, उमेश दास, समिम आलम, सन्तोष कुमार साह, खुरशेद हजाम, अर्जुन बस्नेत, रघुवा साह, रामशरण यादव, राजकुमार यादव, विएल लामा लगायतका रहेका छन् ।

सो भेलाले वैदेशिक रोजगार पीडितको पक्षमा संघर्ष जारी राख्ने, भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने, राष्ट्रियताको प्रबद्र्धन तथा स्वाधीनताको रक्षार्थ शशक्त अभियान सञ्चालन गर्ने, नेपाली नागरिकता परित्याग गरेका विदेशीहरुको अवैध सम्पत्ति कब्जा गर्ने, आम विद्रोहको पक्षमा व्यापक जनाधार तयार गर्ने, सुशासनको सवालमा सरकार असफल रहेकोले समानान्तर सरकारको आधार खडा गर्ने, देशको संकट निवारणमा वर्तमान विकृत व्यवस्था नै वाधक रहेकोले यसको विकल्प निर्माण गर्ने निर्णय गरेको छ ।

रौतहटको मौलापुरमा १४ पुसमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलाको उदघाटन गरेका थिए । भेलामा सहभागि एक हजार भन्दा बढी युवा प्रतिनिधिहरुलाई सप्ताहव्यापी गराइएको थियो । आईटी, पत्रकारिता, भाषण कला, फिजिकल, सेल्फ डिफेंस, नेतृत्व एवं व्यक्तित्व विकास, राजनीति प्रशिक्षण लगायतका आधारभूत विषयवस्तु केन्द्रीत रहेको थियो । भेलामा अध्यक्ष साहले पेश गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.