३ जेष्ठ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले ऊधोगी र व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम गर्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले ऊधोगी र व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम गर्यो

सर्लाही,२७फागुन । घरेलु तथा साना उद्योग कार्यालय मलंगवा ,सर्लाहीले जिल्लाकाे लालबन्दी नगरपालिकाका तथा बजार क्षेत्रका ऊधोगी र व्यवसायी सँग बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शनिवार घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको आयोजनामा उधोग वाणिज्य संघ लालबन्दीको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

अन्तरक्रियामा व्यवसायीले गर्नुपर्ने कार्यका विषयमा, उधोग र वाणिज्य व्यवसायको दर्ता लगायत बजार विस्तार सम्बन्धमा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख गुप्ताले उद्योग दर्ता पछि समयमै नवीकरण गरेर लाग्ने जरिवानाबाट बच्न व्यवसायीलाई आग्रह गरेका थिए ।

उद्योग वाणिाज्य संघ लालबन्दी तृतीय उपाध्यक्ष महेश कुमार महताेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव रामप्रसाद देवकोटा बाट व्यवसाय सुरू गर्नु पूर्व र पछि व्यवसायीले गर्नुपर्ने कार्य तथा व्यवसाय छनौटका विषयमा समेत कार्यपत्र प्रस्तुत गरिएको थियो।

सो कार्यक्रममा उद्योग वाणिाज्य संघ लालबन्दीका काेषाध्यक्ष सुवास दहाल,सदस्य भरतकुमार दहालल कार्यालयका कर्मचारी र लालबन्दीका ७० बढी उद्योगी व्यवसायीकाे सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.