
सर्लाही,२७ फाागुन ।नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा ५२१ बि.टि.सि तथा ३८० पिटिसि लालिम तालिम सर्लाहीको सुरु भएको छ।
६ दिनसम्म संचालन हुने आधारभूत प्रशिक्षणमा सर्लाहीका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको सहभागीता रहने हरिपुर नगरपालिका अन्तर्गत शिक्षा शाखाका संयोजक नागेश्वर रायले जानकारी दिनुभयो ।
प्रशिक्षणको हरिपुर नगरपालिका मेयर गोपाल पजियाले शनिबार हरिपुरको चिताइन खेल मैदानमा एक कार्यक्रमको बीच उद्घाटन गर्नुभयो ।आधारभूत प्रशिक्षणमा ६४ जना प्रतिक्षार्थी रहने छन्।
उद्घाटन समारोहमा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , प्रशासनका अधिकृत विनय पौडेल,आर्थिक शाखाका प्रमुख भुपेन्द्र सिह लगाएकाको सहभागीता रहेको थियोे ।दैवीप्रकोप ,विपत्त तथा जोखिम उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेर विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने कृष्ण चालीसले जानकारी दिनुभयो ।
स्काउटका प्रशिक्षार्थीहरुले हरिपुर नगरपालिका मेयर गोपाल पजियार सामू आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए।
विपत्तिका बेला आइपर्ने समस्यादेखि जीवन उपयोगी शिक्षा स्वास्थ्य र विपत्तको पूर्व जानकारी त्यसबेला आइपर्ने आफ्नो सुरक्षा , बौद्धिक ज्ञान , नैतिक गायन , शाररिक, मानसिक, धार्मिक ज्ञान सिकाइने नेपाल स्काउट नेपालले जानकारी दिएको छ ।
पुरुष राष्ट्रिय प्रशिक्षकमा कृष्ण चालिसे, महिला राष्ट्रिय प्रशिक्षक रतना देवी चावल,सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षक शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले आउने छ दिनसम प्रशिक्षण गर्नुहुने छ ।