१ जेष्ठ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भ्रष्टाचार नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया हरिवनमा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भ्रष्टाचार नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया हरिवनमा सम्पन्न

प्रेमनाथ पौडेल

हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि स्थानिय तह स्तरीय एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सदाचार निष्पक्ष निर्भीकता भन्ने मुल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको आयोजना तथा हरिवन नगरपालिकाको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हरिवन वडा नं११को कार्यालय सभा हलमा सम्पन्न भएको हो । पछिल्लो समय स्थानिय तहका काम कामकारबाहीको बिषय लाई लिएर मधेश प्रदेशका स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीको नाममा उजुरी पर्न थाले पछि अख्तियर दुरुपयोग अनुसंधान आयोगले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

स्थानिय तहमा भई रहेका विकास निर्माणका साथै अन्य गतिबिधिमा सानो सानो कमि कमजोरीका कारण नागरिकहरुको गुनासो र उजुरी पर्न थाले पछि स्थानिय तह लाई कसरी ब्यबस्थित मर्यादित र भ्रष्टाचार मुक्त स्थानिय तह बनाउन सकिन्छ भन्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले बताएको छ । कुनै पनि राष्ट्र सेवक कर्मचारी हुन वा जनप्रतिनिधि उहा हरुले सदैब पाच अ को पालना गर्न र अख्तियारमा उजुरी निबेदन पर्दैमा डराई नहाल्न र कुनै पनि विकास काम लाई नरोक्न अख्तियार दुरुपयोग अनुसंधान आयोगले सबै लाई आग्रह गरेको छ ।

जब सम्म दोषी ठरिदैन तब सम्म स्वच्च निष्पक्ष र पारदर्शी र गुणस्तरीय काममा कोहि कसैले उजुरी हाल्दैमा काम लाई रोक्ने र कामको रकम रोकेर दुख दिने काम कसैले गर्न नहुने जानकारी गराईएको थियो । तर राज्यले रोक लगाएको र गर्न नहुने भनि बन्देज लगाएको र नागरिकको हित बिपरित कुनै पनि काम राष्ट्रसेवक जनप्रतिनिधि वा सेवा ग्राहिले लाभ लिने दिने काम गरेमा राजश्व छलि गरेमा त्यसको भागिदार र जवाफदेहि हुने हुदा कानुनि कारबाही र दण्ड सजायको भागि हुने बताईएको थियो ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख उपसचिब कृष्ण प्रसाद हुमागाई को अध्यक्षता एवम नगर प्रमुख रमेश बुढाथोकी कमलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्याम सुन्दर महतो ,कृष्ण मोहन पोख्रेल ,लक्ष्मी आचार्य ,अर्जुन योन्जन ,नागेन्द्र कुमार साह लगायतले नगरपालिकाको काम र सेवाको बारेमा उठेका टिप्पणी प्रश्नको जवाफ प्रमुख प्रसासकीय अधिकृत देबेन्द्र सापकोटा र नगर प्रमुख रमेश बुढाथोकिले जवाफ दिनु भएको थियो ।

अख्तियार दुरुपयोग आयोगका शाखा अधिकृत विकास मिश्रले सहजिकरण गर्नु भएको कार्यक्रममा उप प्रमुख हरिमाया घलानले कार्यक्रम निकै नै उपलब्धि मुलक भएको बताउनु हुदै यस कार्यक्रमले धेरै कुराको सिकाई भएको बताउनु भयो ।कार्यक्रममा नगरपालिका भित्रका जनप्रतिनिधि स्वास्थ्यकर्मी ,कर्मचारी बिषयगत शाखा कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.