२ भाद्र २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली काँग्रेसका दर्जनबढी नेता जनमत पार्टीमा प्रवेश – Nigrani Today
Uncategorized

नेपाली काँग्रेसका दर्जनबढी नेता जनमत पार्टीमा प्रवेश

नेपाली काँग्रेस सर्लाहीका दर्जनबढी नेता कार्यकताले जनमत पार्टी प्रवेश गरेका छन । उनिहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले टीका माला लगाउँदै पार्टीमा स्वागत गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यालयमा मुख्यमन्त्री सिंहकै प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सर्लाहीको बलरा नगरपालिका ३ का राजीव कुमार सिंहसहित दर्जनबढी नेताहरु नेपाली काँग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमतका सर्लाही इन्चार्ज श्रीचन यादव (सुजन)ले जानकारी दिए ।

यसअघि बलरामै भएको कार्यक्रममा पनि एक सय जनाभन्दा बढी नेपाली काँग्रेसकै नेता कार्यकर्ताहरु काँग्रेस परित्याग गरी जनमतमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रीय प्रवक्ता सरदसिंह यादव, केन्द्रीय कार्यकारीणी सदस्य सन्जय कुमार सिंह, केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । डा.सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नेहरुको क्रम रोकिएको छैन न कि बढ्दै गएको छ ।

खासगरी सर्लाहीमा जनमत पार्टीमा प्रवेश गर्नेहरुको लहर निरन्तर बढी रहेको छ । जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)को सक्रियता र विशेष पहलमा सर्लाहीमा जनमत पार्टीले नयाँ उचाई हासिल गरिरहेको जनमत कै जिल्ला नेताहरु बताउँछन् । गरीब, मजदुर किसानको पक्षमा आवाज उठाउँदै आएको जनमतप्रति जनतामा भरोशा बढ्दै गएको बताउँदै नेता यादवले चुनाव ८४ मा जनमतलाई बहुमतले विजय गराउन अपिल गरे । ‘हामीलाई एकल सरकारको नेतृत्व गर्ने गरी बहुमत दिनुहोस् ।

हामी मधेश प्रदेशको मात्रै हैन देशकै मुहार फेरेर देखाउँछौं ।’, नेता यादवले भने,‘अहिले हामी सरकारमा भएर पनि हात खुट्टा बाँधेको अवस्थामा छौं । चाहेर पनि जनताको मुद्धाहरुलाई सम्बोधन गर्न सकिरहेका छैन । हाम्रो एकल बहुमतको सरकार भयो भने जनअपेक्षा अनुसारको योजना बनाउन सक्छौं ।’उनले आफूहरु सर्लाहीमा २० मध्ये आधाभन्दा बढी पालिकामा विजय हासिल गर्ने गरी तयारीमा लागेकोले त्यसमा सघाउन सर्लाहीवासी र स्वराज प्रेमीहरुलाई आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button