१६ चैत्र २०७९, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका तीन ओटै क्याम्पसमा स्ववियू चुनाव सौहार्दपूर्ण वातावरण सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

सर्लाहीका तीन ओटै क्याम्पसमा स्ववियू चुनाव सौहार्दपूर्ण वातावरण सम्पन्न

सर्लाही,५ चैत्र। त्रिविले तोकेको स्ववियू निर्वाचन सर्लाहीका तीन ओटै क्याम्पसमा अत्यन्तै सौहार्दपूर्ण वातावारण सम्पन्न भएकाके छ ।
जिल्लाको हरिवन स्थित चतुर्भुजेश्वर जनता बहुमुखि क्याम्पस सुखेपोखरी, लालबन्दी स्थित जनज्योती बहुमुखि क्याम्पस र मलंगवास्थित सर्लाही क्याम्पसमा सौहार्दपूर्ण बातावरणमा चुनाव भएको हो ।
त्रिविले तोकेको समय अनुसार नै तीन ओटै क्याम्पसहरुमा सौहार्दपूर्ण वातावरणमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म मतदान चलेको थियो ।
हरिवनस्थित चतुर्भुजेश्वर बहुमुखि क्याम्पसमा कुल ९७० मतदातामध्ये प्रत्यक्षतर्फ ७११ र समानुपातिकतर्फ ७१० मत खसेको निर्वाचन अधिकृत हरिलाल मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वदलिय बैठक बसेर मत गणना सुरु गरिनेछ । र राती अबेर सम्ममा नतिजा सार्वजनिक गरिनेछ । यहाँ अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) का प्रेमराज दाहाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका सन्दीप थापा प्यानल चुनावी मैदानमा छन् ।
दाहाल सत्तारुढ गठबन्धनका साझा उमेदवार हुन भने थापा नेकपा एमालेका एक्ला उमेदवार हुन् ।
त्यस्तै लालबन्दी स्थित जनज्योती बहुमुखि क्याम्पसमा पनि सौहार्दपूर्ण वातावारणमा निर्वाचन सम्पन्न भएको छ ।
यहाँ कुल ९९६ मध्ये ७०३ मत खसेको छ । यहाँ पनि सर्वदलिय बैठक पछि मतगणना गरिने र राती अवेर नतिजा आई सक्ने निर्वाचन अधिकृत धर्मेन्द्र अधिकारीले बताउनुभयो । यहाँ सत्तारुढ दलबाट नेविसंघका अभिमन्यू चौधरी प्यानल र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट गान्दिप बराल प्यानल चुनावी प्रतिष्पर्धामा छन् ।
उता सदरमुका मलंगवामा रहेको सर्लाही क्याम्पसमा पनि मतदान सम्पन्न भएको छ । यहाँ कुल २ हजार २३७ मध्ये १ हजार १२ मत अर्थात ४५ दशमल २३ प्रतिशत मत खसेको छ । यहाँ पनि सर्वदलिय बैठकपछि मतगणना सुरु गरिने र राती अवेर सम्म नतिजा आईसक्ने निर्वाचन अधिकृत कृपानाथ झालाई उदृत गर्दै क्याम्पस प्रमुख राजेश कुमार यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.