३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रभु साहको प्रश्न ‘सभामुख महोदय, नेपाल विधुत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ?’ – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रभु साहको प्रश्न ‘सभामुख महोदय, नेपाल विधुत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन ?’

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले ‘नेपाल विधुत प्राधिकरण’ कसले सञ्चालन गरिरहेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद साहले विधुत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन् भन्दै प्रश्न उठाएका छन् ।

‘सभामुख महोदय, नेपाल विधुत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन् ? भन्ने जान्न चाहन्छु । नेपालकै कानून अनुसार चलिरहेको छ की कुनै गिरोहले चलाईरहेको छ ? विधुत प्राधिकरणका एमडी कानूनकै भित्र हो की कानून भन्दा माथि छन् ? हामी जान्न चाहन्छौ, विधुत प्राधिकरणका कर्मचारीलाई कानून लाग्छ की लाग्दै गम्भिर बिषय खडा भएको छ, सभामुख महोदय’ सांसद साहले प्रश्न गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मौलापुर नगरपालिकाद्धारा आयोजित मधानी महायज्ञको गत शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन उदघाटन गर्न पुग्दा विधुत प्राधिकरणको आधिकारिक फेसबुक एकाउण्टबाट विरोध गर्नु र नियतबस विधुत लाईन काटेर कार्यक्रम अवरुद्ध गरिएकोमा उनले ध्यानाकर्षण गराएका छन् ।

विधुत प्राधिकरण मौलापुर शाखाद्धारा लाईन काटेर उपराष्ट्रपतिले उद्धघाटन गर्ने कार्यक्रम मधानी महायज्ञलाई अवरुद्ध गर्ने उदेश्य देखिएको उनले बताए । लाईन काटेर अवरुद्ध गरेपछि सर्वसधारण सेवाग्राहीले सोधखोज गर्दा ‘गुण्डागर्दी’ शैलीमा अगाडी बढेपछि नियम कानून कर्मचारीले कार्यान्वयन गर्ने की नगर्ने, सेवाग्राहीमाथि नै आक्रमण गर्ने काम भएको छ ।

‘उपराष्ट्रपति सहभागि हुने कार्यक्रमलाई अवरुद्ध गर्न खोज्नु, पहिले हामीले वर्दिवाला गुण्डा सुनेका थियौं, तर अहिले विधुत प्राधिकरणमा त्या भन्दा पनि बढदी हद भईरहेको छ । अन्तमा विधुत काटनेलाई पक्राउँ गरी कारवाही गर्ने आदेश सिडिओबाट आएपछि मात्रै लाईन् दियो’ पूर्वमन्त्री समेत रहेका साहले भने ।

विधुत प्राधिकरणमा नियम कानुन अनुसार कर्मचारी समेत भर्ना नगरिएको औल्याउँदै उनले कानून विपरित विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तजविजको आधारमा चलिरहेको भन्दै उनले कानूनी प्रश्न उठाएका छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ । मधानी महायज्ञ यस वर्ष पनि फागुन ५ गतेदेखि ७ गतेसम्म आयोजना भएको थियो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञमा लाखौंको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.