किसानको हुर्मत लिन्छ्न् मिल मालिक ,रमिते बन्छ सरकार
भक्ती रिजाल
सर्लाही ।हरेक बर्ष जसो मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा किसानहरुले आफ्ना हक र अधिकारका लागि आन्दोलन गर्ने गर्छन् । सरकारसंग आन्दोलन मार्फत आफ्ना मागहरु पूरा होलान् कि ! भनेर दबाब स्वरुप टायर बाल्ने देखि लिएर चक्का जाम पनि गर्ने गर्छन् ।
किसान आन्दोलनको स्वरुप फरक -फरक भए पनि उद्देश्य भने एउटै हुने गर्छ । किसान मार्न पाइदैन, मल खादको ब्यबस्था गर, किसानलाई सिंचाइको सुबिधा दे, उखुको उचित मुल्य कायम गर, मकै खेतिका लागि अनुदान दे, टमाटर, पर्बल, तरुल, तोरी लगायतका बालीमा उचित अनुदानको ब्यबस्था गर आदी,
नेपाल कृषिप्रधान देश हो । यहांका मलिला बारी र पाटामा सुन फल्छ । किसानको पसिनाको बदलामा प्रकृतिले हामीलाई अपार अन्न भण्डार प्रदान गर्छिन् ।
विश्वको मानचित्रमा अपार जलस्रोतको धनि देश नेपाल हो भनेर चर्चा हुने गर्छ ।
यहांका नदिनाला, बन, जंगल तथा हिमाल, पहाड, दम्सैला, भिराला चुरे तथा मधेसको अपार अन्न भण्डारले नेपालको सौन्दर्य बिश्वब्यापी बनेको पाइन्छ ।
तर किसाले उत्पादनको उचित मुल्य पाउ भनेर आन्दोलन गर्छन् र अडान राख्छ्न्, -किसानलाई दिने भनिएको बिउ बिजनमा सहुलियत गर । सिंचाइको लागि सहयोग गर भनेर आफ्ना जायज मुद्दालाई मिल मालिक र सरकार सामु पेस गर्छन् ।
नेपालमै धेरै उखु उत्पादन हुने स्थानको रुपमा सर्लाहीको हरिवन तथा घुर्कौली देशभरी परिचित छ तर उखु किसानहरु भने उखुको उचित मूल्य पाइन्छ कि पाइदैन भनेर अन्योलमा पर्ने गर्छन् ।
आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिको लागि मिल मालिक र किसानबिच घम्सा घम्सी नै हुने गर्छ । मिचाहा मिल मालिक र बिचौलिया बिचको गठजोरका कारण किसानको हुर्मत लिने गर्छन् ।
पाकेको बालीको उचित मूल्य प्राप्तिको मुद्दा उठान गर्नु हाम्रो बाध्यता हो;- भन्छन् उखु किसान केशब मैनाली हामीले उखुको उचित मूल्य दे भनेका हौं तर राज्य अन्धो भएर बसेको देख्दा दु:ख लागेको मैनालीको भनाइ छ ।
चिनी मिलले उखुबाट धेरै किसिमको मूल्यवान बस्तु उत्पादन गर्छ । त्यसको समान बितरण हुन सके मात्रै
पनि जनतालाई राहत हुने थियो भन्छन् अर्का अगुवा किसान मुखचन्द्र महतो ।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि लाई आधुनिकीकरण गरी किसानको हकमा कानून, नीति तथा योजना तर्जुमाको साथै कृषिलाई किसानमैत्री बनाइनु पर्नेमा सरकार आफै उद्योग मालिकहरुको पुच्छर बनेर पछि पछि दौडेको जस्तो देखिन्छ ।
इन्दु शंकर चिनी उद्योग स्थापनासंगै किसानको मुहारमा खु:सी देखिएको थियो तर कालान्तरमा मिलको लापरबाहीका कारण किसानहरु मार्कामा पर्ने गरेका छन् ।
मुलुक संघीय ब्यबस्थामा गै सक्यो तर पनि उद्योगीहरुले त्यसको अनुशरण गरेको पाइदैन ।
अचम्मको कुरा के छ भने ! उखुको मुल्य चाही सरकारले तोकिदिनु पर्ने तर चिनीको मूल्य चाहिँ मिल मालिक स्वयमले नै तोक्ने! यो कस्तो बिडम्बना हो ?”
किसानको उखुबाट मिल मालिकले धेरै भन्दा धेरै प्रयोग हुने सामाग्री उत्पादन गर्छन् , जस्तै बकास, स्प्रीट, खुवा, मल तथा विद्युत उत्पादन हुने गर्छ । मिल मालिकले त्यसलाई छुट्टाछुट्टै बेच्छन् ।
तर,-किसानको मुद्दा जहिल्यै ओझेलमा पर्नु दु:खद हो । उखु रोप्ने किसानको संख्या देशैभरी दिनानुदिन धट्दै गइरहेको अबस्थामा मिल मालिक तथा सरकारले यस तर्फ ध्यान देओस ।