२८ असार २०८३, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मिटरब्याज पीडितको न्याय मार्च चौथो दिनमा, लालबन्दीबाट हरिवनतर्फ यात्रा जारी – Nigrani Today
अर्थ वाणिज्यताजा खबरपत्रपत्रिकामधेश प्रदेशसमाचारसमाजस्थानीय

मिटरब्याज पीडितको न्याय मार्च चौथो दिनमा, लालबन्दीबाट हरिवनतर्फ यात्रा जारी

लालबन्दी, सर्लाही – मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरदेखि काठमाडौंसम्म सुरु गरेको ‘न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ।

हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट सुरु भएको पैदल यात्रा करिब २६ किलोमिटर पार गर्दै सहभागीहरू साँझ सर्लाहीको लालबन्दीमा पुगेका थिए। उनीहरूले राति लालबन्दीमा विश्राम गरेपछि आज बिहान ७ बजेदेखि चौथो दिनको पैदल यात्रा पुनः सुरु गरेका छन्।

मिटरब्याजबाट पीडित बनेका नागरिकहरू सहभागी रहेको यस न्याय मार्चमार्फत सरकारले मिटरब्याज पीडितलाई तत्काल न्याय दिलाउन, दोषीलाई कानुनी कारबाही गर्न तथा पीडितको सम्पत्ति फिर्ता गराउन माग गरिएको छ।

मार्चमा सहभागीहरूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तरक्रिया गर्दै मिटरब्याजको समस्याबारे जनचेतना फैलाउने कामसमेत गरिरहेका छन्। जनकपुरबाट सुरु भएको यो यात्रा विभिन्न जिल्ला हुँदै अन्तिम गन्तव्य काठमाडौं पुगेर सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

न्याय मार्च चौथो दिन पनि उत्साहजनक सहभागितासहित अघि बढिरहेको छ। सहभागीहरू आज सर्लाहीका विभिन्न क्षेत्र पार गर्दै निर्धारित गन्तव्यतर्फ अघि बढिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button