१७ माघ २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगरपालिका वडा नं१७ मा महालक्ष्मी माताको प्राणप्रतिष्ठा माघ २३ गते हुने – Nigrani Today
Uncategorizedताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालबन्दी नगरपालिका वडा नं१७ मा महालक्ष्मी माताको प्राणप्रतिष्ठा माघ २३ गते हुने

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं१७ साहेवगञ्जमा माघ २३ बुधवार गुप्तनवरात्रको शुक्लाष्टमीमा का दिन महालक्ष्मी माता सिध्दपीठको प्राणप्रतिष्ठा हुने भएको छ।

सिध्दनाथकौल गुरुपरम्पराका सद्‌गुरुदेव कमल योगीबाट प्राणप्रतिष्ठा
हुने भएको छ।

नेपालको जनकपुर अंचल अन्तर्गतको सर्लाही जिल्लाको लालबन्दी वडा नं. १७ स्थित साहेवगंजमा महालक्ष्मी सिध्द्ध‌पीठमा भगवती महालक्ष्मी कुलदेवीको रूपमा पीठमा बिराजमान हुनुहुन्छ । यस क्षेत्र राजर्षि जनकको मिथिला क्षेत्र हो, जो परापूर्वकाल देखी नै महान उपासकहरुको उपासना स्थल रहँदै आएको सद्‌गुरुदेव कमल योगीले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयो ।

साहेवगंजमा ७ फिट कद भएकी अष्टादश भुजा (१८ हात भएकी) महालक्ष्मी माताको श्रीविग्रह स्थापित गरिएको छ। माघ २३ गते सद्‌गुरुदेव कमलयोगी बाट सम्पूर्ण धर्मानुरागी व्यक्तिहरुमा माताको दर्शन सहित प्रसाद ग्रहणको निमित्त सादर अनुरोध गरिएको छ ।

देवभूमि तथा पुण्यभू‌मि नेपाल देशमा महालक्ष्मीको सबैभन्दा अग्लो कदको श्रीविग्रह यस शक्तिपीठमा नै रहेकोले यस पीठ सलांही जिल्लाकै ज्ञान र मान भएको आफैमा एक गौरवान्वित हुने विषय भएको जेकिष्टर बाबु कटुवालले जनाएको छ ।

वास्तवमा कर्मकी देवी, भाग्यकी देवी, ऐश्वर्यकी अधिष्ठात्री महालक्ष्मीको उपासना प्रत्येक मनुष्यको लक्ष्य भएको उहाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button