२७ भाद्र २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकामा आगजनी, सम्पूर्ण सेवा स्थगित – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकामा आगजनी, सम्पूर्ण सेवा स्थगित

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भएको आगजनीका कारण गाउँपालिकाको सम्पूर्ण कार्यालय सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ।

मिति २०८२ भदौ २४ गते राति करिब ९ बजे केही आपराधिक व्यक्तिहरुले गाउँ कार्यपालिकाको कार्यालयको मुख्य ढोका तोडफोड गरी प्रवेश गरी अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कार्यकक्ष र विषयगत शाखाहरुमा तोडफोड र आगजनी गरेका छन्।

कार्यालयभित्रका प्रशासन, शिक्षा, स्वास्थ्य, राजश्व, प्राविधिक, पञ्जिकरण, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, कृषि, न्यायिक, योजना लगायत सबै शाखाका फाइल, कागजात, जिन्सी सामग्री, कम्प्युटर, हार्डवेयर, सफ्टवेयर, फर्निचर तथा पार्किङमा रहेका सवारीसाधन पूर्णरुपमा नष्ट भएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। बाँकी रहेका केही सामग्री चोरी र लुटपाट समेत भएको बताइएको छ।

आगजनी र क्षतिको कारण गाउँपालिकाबाट सेवा लिन आउने सर्वसाधारणलाई ठूलो असुविधा भएको छ। अध्यक्ष महतोले आकस्मिक सेवा बाहेकका सबै सेवा तत्कालका लागि बन्द गरिएको सूचित गर्दै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा प्रकट गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button