१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बेथिति नै बेथिति शुद्धोधन मा.विमा ः एक पछि अर्को पर्दाभास, विद्यालय घाटामा प्र.अ भत्ता नै ५ हजार – Nigrani Today
समाचार

बेथिति नै बेथिति शुद्धोधन मा.विमा ः एक पछि अर्को पर्दाभास, विद्यालय घाटामा प्र.अ भत्ता नै ५ हजार

काठमाण्डौँ
कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाई स्थित करिब ६ कि.मी उत्तर ९ नम्बर वडामा रहेको श्री शुद्धोदन जन जिवन मा.विमा बेथिति नै बेथिति रहेको पर्दाभास भएको छ । कहिले नतिजा प्रकाशनमा कमजोरी त कहिले आफ्नै पार्टीका शिक्षक व्यवस्थापन निर्णय बिना नै राखेर पटक पटक बिवादमा आएको विद्यालय अहिले भने प्रधानाध्यापकको भत्ताले विवादमा आएको छ । नेपाल सरकार शिक्षा मन्त्रलयले अहिले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह मानेको छ तर प्रधानाध्यापक अनिता कडेलले भने उच्च मा.वि भन्दै मासिक पाच हजार भत्ता खाएको प्रमाण फेला परेको छ । यस विषयमा हामीले अन्य विद्यालयका प्रधानाध्यापकहरु सगँ पनि बुझेका थियौँ । उनिहरुको भनाई अनुसार अहिले त्यसरी भत्ता खान नमिल्ने बताउन्छन् । प्रधानाध्यापकको भत्ता स्वरुप नेपाल सरकारले नै भत्ता दिदै आएको जानकारहरु बताउन्छन् । जानकारहरुका अनुसार जब १० लाई माध्यमिक तह र प्लस २ भनिन्थियो त्यति बेला सम्म प्लस २ भनेर भत्ता लिन मिले पनि अहिले भने भत्ता त्यसरी लिन नमिल्ने बताएका छन् ।
यता विद्यालयका शिक्षकहरु सगँ बुझदा विद्यालय अहिले घाटामा रहेको बताएका छन् । यस बारे लेखा शिक्षक सगँ हामीले बुझ्न खोजे पनि लेखा शिक्षकले भने यस बारे प्रधानाध्यापक सगँ नै बुझन पर्ने बताएका छन् । यद्यपी भत्ताको कुरा भने साचो रहेको लेखा शिक्षकको भनाई रहेको छ । साभार दिव्यबोध डटकम l

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.