१४ बैशाख २०८३, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा लागू औषध खैरो हिरोईनसहित दुई भारतीय नागरिक पक्राउ – Nigrani Today
ताजा खबर

सर्लाहीमा लागू औषध खैरो हिरोईनसहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही प्रहरीले विशेष सूचनाका आधारमा जिल्लाको पर्सागाउँपालिका–२, संग्रामपुरबाट प्रतिबन्धित लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवै जना भारतको बिहार राज्यबाट नेपाल आएका हुन्। प्रहरीका अनुसार मिति २०८२।०७।२८ गते करिब १५ः३० बजे संग्रामपुर क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा तशिफ शेखले लगाएको अन्डरवेयर भित्र लुकाइ–छिपाइ राखिएको अवैध पदार्थ फेला परेको हो। बरामद पदार्थको तौल ११.९१ ग्राम रहेको प्रहरीले जनाएको छ।

आइतवार पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्रामपंचायत कोबरवा बस्ने नसरुदिन शेखको छोरा अं.वर्ष २२ को तशिफ शेख र बेला पंचायत लहुरिया वडा नं.१० खुर्साहा टोल बस्ने समद शेखको छोरा वर्ष अं.१९ को फरहान राजा रहेका छन । उनिहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button