९ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ब्रहम्पुरीबाट ४ केजी २०० ग्राम गाँजासहित एक जना पक्राउ – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ब्रहम्पुरीबाट ४ केजी २०० ग्राम गाँजासहित एक जना पक्राउ

सर्लाही, ९ पुस । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२, ब्रहम्पुरी चोकबाट प्रतिबन्धित लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

मिति २०८२ साल ०९ महिना ०८ गते अपराह्न करिब १४:५५ बजेको समयमा ब्रहम्पुरी–२ निवासी सिता सरन साहको घरमा डेरा गरी बस्दै आएका अन्दाजी ४० वर्षका रामपृत साहले गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले कारबाही गरेको हो ।

प्रहरी टोलीले सिता सरन साहको घर पहिचान गरी खानतलासी सूचना पुर्जी देखाई स्थानीय मानिसहरू तथा जनप्रतिनिधिको रोहबरमा रामपृत साह बस्दै आएको कोठाको खानतलासी गर्दा जेब्रा झोलाभित्र रातो प्लास्टिकमा र्‍यापिङ गरी राखिएको प्लास्टिक बाहेक ४ केजी २०० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

गाँजासहित रामपृत साहलाई नियन्त्रणमा लिई सम्मानित सर्लाही जिल्ला अदालतबाट लागू औषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button