९ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लागू औषध गाँजा तस्करीका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ, कारागार चलान – Nigrani Today
ताजा खबर

लागू औषध गाँजा तस्करीका फरार प्रतिवादी काठमाडौँबाट पक्राउ, कारागार चलान

सर्लाही । लागू औषध गाँजा तस्करीसम्बन्धी दुई ठूला मुद्दामा संलग्न भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी कारागार चलान गरेको छ ।

मिति २०८२ साल ०१ महिना ०३ गते राति करिब २३:०० बजे सर्लाहीको लालबन्दी नगरपालिका–११ मा शुशिल चौधरीले चलाउँदै आएको ना २० च १७८२ नम्बरको बोलेरो पिक–अप गाडीबाट २४५ किलो २०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद भएको घटनामा संलग्न तथा मिति २०८२ साल ०२ महिना ०५ गते राति करिब २२:०० बजे लालबन्दी नगरपालिका–१४ स्थित डायनी खोलाको बगरमा BR 32 AN 08717 नम्बरको सेतो रंगको स्कार्पियो गाडीबाट ११२ किलो ७८० ग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला परेको मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने व्यक्ति लालबन्दी नगरपालिका–१४, नारायणखोला बस्ने सनिचर सि वाईबाको छोरा अन्दाजी ३५ वर्षका भिम बहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले प्रहरी वृत्त सिंहदरबार काठमाडौँसँगको समन्वयमा मिति २०८२ साल ०९ महिना ०७ गते काठमाडौँबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पश्चात भिम वाईबालाई सम्मानित सर्लाही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि जिल्ला कारागार सर्लाही पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button