९ पुष २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ : प्रभु साह – Nigrani Today
ताजा खबर

बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ : प्रभु साह

काठमाडौं, ९ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बुधबार) बसेको आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री सुशिला कार्की जेनजी हत्यारा, भ्रटाचारीसंग बसेर चिया सम्वाद थालेकोमा आक्रोश व्यक्त गरे ।

`अन्तरिम सरकार जेनजी हत्याराहरुको सेवामा समर्पित छ, बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,´ आजपा अध्यक्ष साहले भने, `जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरुको रगतको अवमूल्यन गरे । आज दुबै चिया चर्चामा ब्यस्त हुनुहुन्छ ।´

केपी ओलीको अहंकारको कारण मुलुक खरानी भएको बताउदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियाँलिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।

तर सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरुले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनले बताए ।

`संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,´ आजपा अध्यक्ष साहले भने, `सरकार आँफै चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो, नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।´

वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको उनले बताए । `सबै देशसँगको सम्बन्ध टुटाएको छ, राजदूतहरु फिर्ता गरेर त्यसको सुरुवात गर्यो´ उनले भने ।
अमेरिका, चीनलगायत देशले यस्तो विषम परिस्थितिमा नेपालबाट आ आफ्ना राजदूत फिर्ता बोलाउनु समिक्षाको विषय भएको टिप्पणी उनले गरे ।

सरकारमा बसेर राजनीतिकदल बनाउने र उम्मेदवार खोज्दै घरदैलो गर्नेहरुको निर्वाचन कसरी सम्पन्न गर्नेतर्फ ध्यान नभएको उनले बताए । `नयाँ र विकल्प दिन्छु भन्नेहरु पनि लोकप्रिय अनुहारको खोजीमा घरदैलोमा हिँड्न थाल्नु दुःखद् हो,´ आजपा अध्यक्ष साहले भने ।
चुनावको मौका छोपेर राजनीतिमा आउने र दल खोल्नेहरुले देश र जनताको बरेमा गम्भीर नभएको बताउदै उनले उनीहरु लोभले राजनीतिमा लागेको बताए ।

बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेन्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button