२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
क्यान्सर पिडित महिलालाई ४० हजार आर्थिक सहयोग – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

क्यान्सर पिडित महिलालाई ४० हजार आर्थिक सहयोग

सर्लाही,१७ भदौ । सर्लाहीको चक्रघटा गाउँपालिकाका मुस्लिम क्यान्सर पिडित महिलालाई ४० हजार बराबरको आर्थिक सहयोग गरिएको छ ।

संचारकर्मी राधेश्याम कुशवाहाको पहल र सक्रिय सहयोगी समाज सेवा, सर्लाहीको सहयोगमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तानान्तरण गरिएको छ ।

खाडी मुलुक मलेसियामा दिनरात मजुदुरी गरी खुन पसिना बगाईरहेको नेपाली यूवाहरुले सक्रिय सहयोगी समाज, सेवा गठन गरी आम्दनीको केही अंश जम्मा गरेर आर्थिक अभावका कारण उपचारमा समस्या भईरहेको नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

चक्रघटा गाउँपालिका वडा नं.४ सुन्दरपुर स्थित मदरसमा गरिब, अतिविपन्न परिवारलाई क्यान्सर जस्तो दिर्घरोगको उपचारमा तिन तहको भूमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त रकम हस्तानान्तरण गरिएको थियो ।

मानव अधिकारकर्मी मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा नागरिक समाजको अगुवा शिवचन्द्र चौधरी, रजनिकान्त झा, मानवअधिकारकर्मी सुन्दरश्याम यादव, महिलाअधिकारकर्मी रम्भा, ओरेक प्रतिनिधि ममता साह,संचारकर्मी मुकेश मिश्र, समाजिक अभियन्ता अनबरुल अंसारी, यूवा नेता भागनारायण महतो लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.