१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
डा. नवराज लम्सालको अग्निले हात पार्‍यो वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजसाहित्यस्थानीय

डा. नवराज लम्सालको अग्निले हात पार्‍यो वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार

लालबन्दी, ४ भदौ ।लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. नवराज लम्सालकृत ‘अग्नि’ महाकाव्यले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ हात पारेको छ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति ‘अग्नि’ सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ का लागि उत्कृष्ट दश कृतिहरू साउन २६ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०७९’ नेपाली भाषा तथा साहित्य सेवक एवम् सञ्चारकर्मी क्षितिज विश्‍वकर्माले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.१० हजार र लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९ (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.