१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सांस्कृतिक पर्व जोगाउन चन्द्रनगरमा समा–चकेवा उत्सव, उत्कृष्ट हुने परिस्कृत

सर्लाही,२२ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । समा–चकेवा उत्सव प्रदर्शनीमा उत्कृष्ट हुने क्लबहरुलाई परिस्कृत समेत गरिएको छ ।

परिस्कृत हुने क्लबहरु नव निर्माण युवा क्लब खडकाटोल, श्री युनाइटेड युथ क्लब खडकाटोल, श्री जनज्योती युवा क्लब चन्द्रनगर रहेको छ । प्रथम हुने नव निर्माण युवा क्लब खडकाटोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खडकाटोललाई नगद रु. १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योती युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको उदघोषक अमृत चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकाय बाट कार्यक्रम नभएको हुदाँ पुरानो पुस्ताहरुबाट नयाँ पुस्तामा पनि हस्तान्तरण होस भन्ने उदेश्यका साथ समा–चकेवा उत्सवको आयोजना गरी उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको बताउनुभयो ।वडा नंं. ७ का स्थानिय ललिता चौधरीले गाउँपालिकाले पहिलो पटक समा–चकेवा उत्सव गरेर उदाहरणीय कार्य गरेको बताए ।

गाउँपालिकाले नै थारु जातीहरुको भेष भुषा झल्किने पोषाक दिएर समा–चकेवा उत्सव आयोजना गरेको हुदाँ आफुहरु एकदमै उत्सायी बनेको अर्का स्थानिय महिला चनकिया चौधरीले जानकारी दिनुभयो । समा–चकेवा पर्व द्वितीया तिथि अर्थ छठ पश्चात पारण देखि पूणिर्मा तिथिसम्म मनाएर अन्तय गर्ने चलन छ । चन्द्रनगरमा पनि समा–चकेवा उत्सव पश्चात नाढिमन तालमा विधिवत रुपमा माटोको विभिन्न मुर्तिहरु बिसर्जन गरी सम्पन्न गरिएको छ ।

समा–चकेवा उत्सव कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गिता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्ग, अधिकृत छैठो कृष्ण प्रसाद अचार्य, कार्यापालिका सदस्य मोलाजिम मंसुर, वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो, वडा नं. ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, समजसेवी महाविर महतो,नेकपा माओवादी केन्द्र नेता लोकेन्द्र मुखिया लगायत विभिन्न वडाको जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको गाउँपालिका अध्यक्षको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ ।सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । यो पर्वमा महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।

यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् ।

श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.