३ मंसिर २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

सर्लाही प्रहरीले ‘अप्रेसन चार्ली’ चलाएर जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।सर्लाहीमा बागमती, रानिगन्ज, चन्द्रनगर लगायत स्थानमा १७ वटा ट्रान्सफर्मर पालैपालो चोरी गर्ने ४ भारतीय सहित ९ जनालाई पक्राउ गरी मंगलवार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलामको माइजोगमाइ गाउँपालिका वडा नं. ४, का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिकावडा नं. १, का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका–३, का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगन्ज महानगरपालिका–१६, का ३३ वर्षीय दिलिपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६, का ३९ वर्षीय कृष्ण श्रीवास्तव, भारतीय नागरिकहरु ५० वर्षीय सुखाडी सहनी, २० वर्षिय सरोजकुमार सहनी, ५५ वर्षीय मो.रयाजुल र ३५ वर्षीय संजित पदार्थ रहेका छन् ।

जिल्लामा विद्युतका ट्रान्सफर्मर चोरी भएपछि प्रहरीको विशेष टोली ‘अप्रेसन चार्ली’ बनाएर चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सालगायत ठाउँबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले बतए ।साथै पक्राउ परेका व्यक्तिहरुको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान ई–रिक्सासमेत बरामद गरेको सर्लाही प्रहरीले आज सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

जिल्लामा विद्युतका ट्रान्सफर्मर चोरी भएपछि प्रहरीको विशेष टोली ‘अप्रेसन चार्ली’ बनाएर चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सालगायत ठाउँबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले बतए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button