४ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमालेका गुन्डाले नै सिमरामा जेन–जीमाथि आक्रमण गरेको जेन–जी मधेश प्रदेश संयोजक शिव यादवको आरोप – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एमालेका गुन्डाले नै सिमरामा जेन–जीमाथि आक्रमण गरेको जेन–जी मधेश प्रदेश संयोजक शिव यादवको आरोप

बारा — जेन–जी बारा समितिले नेकपा एमालेको कार्यक्रम अवरोध गरेको भन्दै फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको जेन–जी मधेश प्रदेश संयोजक शिव यादवले स्पष्ट गरेका छन्। उनले आज सिमरा चोकमा निर्धारित जेन–जीको कार्यक्रममा एमालेद्वारा परिचालित गुन्डा समूह प्रवेश गरी जेन–जी बारा संयोजक सम्राट उपाध्यायसहितका व्यक्तिमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

यादवका अनुसार एमालेको औपचारिक कार्यक्रम परवानीपुरमा रहे पनि एमालेसम्बद्ध समूहहरू सिमरा चोकमै आएर जेन–जी कार्यकर्तालाई दुर्व्यवहार, गालीगलौज र कुटपिट गरेका थिए। “घटना कसरी भयो भन्ने तथ्य छर्लंग हुँदाहुँदै पनि कतिपयले उल्टै जेन–जीमाथि आरोप लगाउने प्रयास गरिरहेका छन्, जुन अत्यन्त भ्रामक र आन्दोलनलाई बदनाम गर्ने नियतसहित गरिएको दुष्प्रयास हो,” यादवले भने।

उनले मिडियाकर्मी तथा सबै सरोकारवालालाई गलत सूचना एवं तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै घटनामा संलग्न एमालेका गुन्डाहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरे। साथै, आजको घटनाका मुख्य योजनाकारका  महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरिएको उनले बताए।

यादवका अनुसार एमालेले पछिल्ला दिनमा मधेशका विभिन्न स्थानमा उक्साहटपूर्ण गतिविधि गर्दै आएको र यसले मधेशको शान्ति–सुरक्षामा प्रतिकूल असर पारेको छ। उनले राज्य र सुरक्षा निकायलाई संवेदनशीलता अपनाउँदै यस्ता गतिविधि रोक्न कडा कदम चाल्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button