
सर्लाही,२४ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ कामदमा विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । शितलहर बाट प्रभावित विपन्नले न्यानो कपडा पाएपछि खुसी भएका छन ।
विशाल ग्रुप काठमाडौंको आर्थिक सहयोग तथा पत्रकार श्रवण थापाको पहलमा २ सय ४० जना विपन्न स्थानीयलाई न्यानो कपडा वितरण गरिएको वडा नं ६ का मुसहर समुदायका अगुवा रामकेवल माझीले जानकारी दिनुभयो ।
नयाँ पत्रिकाकाका रिपोर्टर समेत रहेका थापाले केही दिन पहिला शितलहर बाट प्रभावित विपन्न माझी परिवारको समाचार लेखनु भएको थियो ।
समाचार प्रकाशन भएपछी विशाल ग्रुप काठमाडौंले शितलहर प्रभावित विपन्न २ सय ६० जनाको लागि न्यानो कपडा पठाएको माझीले बताउनुभयो ।
स्थानीय भगवनिया माझीले आफुहरुलाई जाडोमा न्यानो कपडाको अभावमा जाडो तथा शितलहर बाट निकै नै समस्या थियो तर अब कपडा पाएपछी सहज भएको बताउनुभयो ।
न्यानो कपडामा १ थान ज्याकेट, १ थान कम्बल र एक थान सउल (पछयौरा)वितरण गरिएको थियो । बाकी रहेको ६० थान न्यानो कपडा हरिपुर नगरपालिकामा वितरण गरिने छ ।
कार्यक्रममा पुर्व संघीय सांसद प्रमोद साह, स्थानिय प्रहरी, पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।