३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराए – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

हरिपुरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराए

सर्लाही ।सर्लाहीको हरिपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन् ।
बुधबारबाट प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा संचालन गरिएको शिविरमा महिलाको पाठेघर तथा स्तन क्यान्सर , पाठेघर खस्ने समस्या र यौनरोग तथा यौनजन्य सरुवा रोगको निःशुल्क परिक्षण गरिएको नगरपालिका अन्तर्गत स्वास्थ शाखाका कार्यक्रम संयोजक रामनरेश ठाकुरले जानकारी दिनुभयो ।

शिविरको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उपप्रमुख निलम राय ,प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल , वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुको सहभागीता रहेको थियोे ।

प्रजनन तथा महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उदेश्यले आयोजना गरिएको शिविरमा ९१ जना महिलाले स्वास्थ्य परिक्षण गराए भने ७१ जना महिलाले स्थायी बन्ध्याकरण मिनील्याप गराएका छन्।

जनस्वास्थ्य कार्यालय सर्लाहीको सहयोगमा हरिपुर नगरपालिकाले शिविरको आयोजना गरेको हो। शिविरमा पुरुष बन्ध्याकरण भ्यासेक्टोमी गर्ने व्यवस्था भएपनि कुनै पुरुषले नगरेको ठाकुरले जानकारी दिनुभयो ।

तराई मधेसमा संचालन हुने यस्ता शिविरमा परिवार नियोजन गर्न महिलालाई अघि सार्ने चलन बढी रहेको संयोजक ठाकुरले भनाइ छ।

`बन्ध्याकरण गरेपछि पुरुषले जोखिमपूर्ण काम गर्नु हुदैन भन्ने यहाँको मान्यता छ, अहिले धेरै पुरुष वैदेशिक रोजगारीमा जान छन् ।त्यहा पुगेपछि काम गर्न सकिदैन कि भन्न भ्रमको कारण महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न पठाउछन, जनचेतनाको अभाव हो। बन्ध्याकरण गरेका पुरुषले जस्तोसुकै काम गर्न सक्छन् ,` ठाकुरले भन्नुभयो ।´
शिविरमा बन्ध्याकरण गर्न सहभागी एक महिलाले भन्नुभयो – `हाम्रो काम त घरमा भातभान्सा गर्ने हो,श्रीमानले भारी गहरुङ्रो काम गर्नुपर्छ, फेरि श्रीमान चाँडै विदेश जादै हुनुहुन्छ ।घरमा साना छोराछोरी छन्,यहाको कमाइले खान लागाउन पुग्दैन, अप्रेसन गरेपछि काम गर्नु गाह्रो हुन्छ रे,
त्यही भएर म आफै यहाँ आएको हो।´
तराई मधेसमा संचालन हुने हरेक शिविरमा महिलाको तुलना पुरुष परिवार नियोजन गर्नेको संख्या शून्य जस्तै हुने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.