३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
किसानहरुलाई समयमै मल उपलब्ध गराउने गाउँपालिका अध्यक्ष महतोको प्रतिबद्धता – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

किसानहरुलाई समयमै मल उपलब्ध गराउने गाउँपालिका अध्यक्ष महतोको प्रतिबद्धता

सर्लाही,३१ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका गाउँपालिका अध्यक्ष राजकुमार महतोले किसानहरुलाई समयमै मल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चन्द्रनगर गााउँपालिकाका किसानलाई समयमा सहज र समान रुपले मल खाद उपलब्ध गराउने उदेश्यले गाउँपालिका भरीका मल बिक्रीवितरण गर्ने सुचिकृत आधिकारीक डिलरहरु सँग किसानहरुलाई सहज रुपमा मल उपलब्ध गराउन गाउँपालिका अध्यक्ष महतोले मंगलवार छलफल समेत गर्नुभएको छ ।

छलफलमा किसानको मलखाद सम्बन्धि गुनासो समस्या, डिलरले भोग्नु परेको समस्या, बाधा एवम गाउँपालिकाले निति नियम मजबुत बनाउन तथा नियमन गर्न आवश्यक प्रावधान बारेमा समेत गाउँपालिका अध्यक्षले छलफल गरेको हो ।

माथिल्लो निकायबाट प्राप्त भएको मलखाद सिस्टम भित्र बसेर गाउँपालिका किसानलाई समान रुपमा र सहज तरिकाले प्रत्येक वडाको वडा समितिको उपस्थितिमा पारदर्शी तरिका बिक्री वितरण गर्ने गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष किसानहरु समयमै मल खाध नपाएर दुःख पाएका थिए तर यो वर्ष चन्द्रनगरको किसानहरुलाई सहज मल खाध उपलब्ध हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले निगरानी टिडेलाई बताउनुभयो । आफु जन्ताको नै सेवक भएको र जन्ताको हरेक सुख दुःखको साथी समेत आफु बन्ने अध्यक्ष महतोले प्रतिबद्धता जाहेर गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.