१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा विपद सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा विपद सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न

चन्द्रनगर,१ असार । हरेक वर्ष बर्खाको समयमा तराईका विभिन्न भागमा डुबान हुने गरेको छ । उत्तरतिरबाट बगेर आउने साना ठुला नदीमा आउने बाढीको समेत तराईमा उच्च जोखिम हुने गर्दछ । तराईमा वर्षेनी बाढी र डुबानका कारण धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् भने कैंयन परिवार घरबारविहिन हुने गरेको छ ।

बर्खाको समयमा आउने बाढी तथा डुवानबाट नागरीकलाई जोगाउन सरकारले विपत व्यवस्थापनको काम गर्दै आईरहेको छ । बर्खा सुरु भएसँगै विपत व्यवस्थापनका तयारी समेत जिल्ला व्यवस्थापन समितिले गर्दै आईरहेको छ ।

यसै क्रममा सर्लाहीमा मनसुनजन्य विपद सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आयोजना तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा जिल्लाकै सुन्दर प्राकृतिक नाडीमन तालमा अभ्यास भएको हो ।

जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, जिल्ला निर्वाचन कार्यलय प्रमुख दिवाकर भुजेल, अनुसन्धानका एसपी चन्दन झा, सशस्त्र प्रहरी प्रमुख भरत खँनिया, गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र राय, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी, हरिवन नगर प्रमुख कमल बुधाथोकी, ब्रह्मपुरी गाउँपालिका अध्यक्ष रामपदार्थ साह, चक्रघटा गाउँपालिका अध्यक्ष कृष्ण कुमार राय, विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल राय लगायतको उपस्थितिमा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको थियो ।

सो क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको रेस्क्यु टिमले बाढी तथा डुबान क्षेत्रमा फसेकाहरुलाई कसरी उद्धार गर्ने भनेर अभ्यास गरेर देखाएका थिए । उनीहरुले विभिन्न सामाग्रीहरुको प्रयोग गरी डुबान क्षेत्रमा प्रभावित व्यक्तिलाई उदार गर्न अभ्यास गरेका हुन् । उनीहरुले ड्रोन क्यामराको प्रयोग गरेर उद्धार गर्ने अभ्यास समेत गरेका थिए ।जिल्ला विपद व्यवस्थापन समितिले हरेक वर्ष मनसुन सुरु हुनु पूर्व नै त्यसको तयारी स्वरुप डुबानमा परेकाहरुको उद्धार अभ्यास गर्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.