१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
जनज्योति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदानस्थल र मतगणना स्थल निर्माण कार्य सम्पन्‍न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जनज्योति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदानस्थल र मतगणना स्थल निर्माण कार्य सम्पन्‍न

लालबन्दी,४ चैत्र । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ का लागि जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सर्लाहीमा मतदान स्थल निर्माण सम्पन्‍न भएको छ। यही चैत्र ५ गते सम्पन्‍न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन – २०७९ सम्पन्‍न गर्न गरिनुपर्ने सम्पूर्ण पूर्व कार्य सम्पन्‍न भएको निर्वाचन अधिकृत धर्मेन्द्र अधिकारीले बताउनुभयो ।

४ जना मतदान अधिकृत, मतदान अधिकारीहरू र कर्मचारीहरूलाई समेत जिम्मेवारी तोकिएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।
मतदान कार्य चैत्र ५ गते बिहान ८:०० बजेदेखि सुरु भई ४:०० बजे सम्पन्‍न हुने र मतदान कार्य सम्पन्‍न भइसकेपछि सर्वपक्षीय बैठक राखी मतगणना कार्य पनि सुरु हुने स्ववियु निर्वाचन समितिका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
मतगणना स्थलमा तारजालीले घेराबेरा गरिएको र सिसिक्यामेरासमेत जडान गरिएको जानकारी प्रवक्ता दाहालले बताए।

करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो ।

पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ । स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.