३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सिम्रौनगढ नगरकार्य समितिको विस्तारित बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाज

सिम्रौनगढ नगरकार्य समितिको विस्तारित बैठक सम्पन्न

प्रदिप कुमार दास, रौतहट ।

भदौँ ०८ गते , शनिबार ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) को सिम्रौनगढ नगरकार्य समितिको विस्तारित बैठक हालै सम्पन्न भएको छ। उक्त बैठक नगर अध्यक्ष श्री पना लाल कुशवाहाको अध्यक्षतामा आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथिको रूपमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री माननीय श्री सरोज कुमार यादव उपस्थित थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य श्री रामबाबु प्रसाद यादवको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राजेश यादवले दिएका थिए भने संचालन रामबाबु प्रसाद यादवले गरेका थिए।

बैठकमा स्थानीय नेताहरू प्रेमलाल यादव, रामचन्द्र कुशवाहा, मन्जुर अन्सारी, दिपेन्द्र गुप्ता, रामबहादुर पटेल, दिनेश कुशवाहा, नन्दलाल सहनी, जंगबहादुर यादव, सुरेन्द्र यादव, हेमचन्द्र जैसवार, विवेक मेहता, नन्दकिशोर जैसवाल, सिकेन्द्र दास लगायतका नेताहरूले सक्रिय रूपमा भाग लिएका थिए।

बैठकमा नेताहरूले पार्टी संगठनको सुदृढीकरण, आगामी रणनीति तथा मधेस आन्दोलनको भविष्यबारे मन्तव्य व्यक्त गरेका थिए। नेताहरूले पार्टीको आगामी कार्ययोजनामा एकमत हुँदै, संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। यस बैठकले पार्टीभित्रको एकता र संगठनात्मक विकासलाई बलियो बनाउने दिशामा ठोस कदम चाल्ने प्रतिबद्धता जनाउँदै, समग्र मधेस आन्दोलनलाई सफल बनाउने दिशामा उन्मुख हुने निर्णय गरेको छ।

यस बैठकले जसपाको संगठनलाई बलियो बनाउनका साथै भाबी रणनीति तय गर्ने अवसर पनि प्रदान गरेको छ। नेताहरूले ‘जय मधेस’को उद्घोष गर्दै बैठकको समापन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.