३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटको शिवनगरमा नेपाल विश्वकर्मा लोहार संघको सम्मान कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

रौतहटको शिवनगरमा नेपाल विश्वकर्मा लोहार संघको सम्मान कार्यक्रम सम्पन्न

नेपाल विश्वकर्मा लोहार संघको सम्मान कार्यक्रम सम्पन्न

 

प्रदिप कुमार दास, रौतहट ।

असोज ०१ गते, मंगलबार ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध शिवनगर महादेव स्थानमा आज विश्वकर्मा पूजा तथा नेपाल विश्वकर्मा लोहार संघको सम्मान कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम विशेष रूपमा लोहार समुदायको पहिचान, ससक्तिकरण र धार्मिक आस्थासँग सम्बन्धित थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो गरिमामय उपस्थिति जनाउनु भयो। उहाँले यस कार्यक्रममा सम्बोधन गर्दै भाषा, संस्कार र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्वलाई उल्लेख गर्नुभयो। डा. ठाकुरले लोहार समुदायले भाषा, संस्कृति र मौलिक पहिचानको संवर्धनमा गरेको योगदानको प्रशंसा गर्दै यसप्रकारका कार्यहरूले सामाजिक एकता र सौहार्दता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

विशिष्ट अतिथिहरूको रूपमा मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव र वर्तमान अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) कार्यक्रममा सहभागी हुनुभएको थियो।

यादवद्वयले लोहार समुदायको योगदानलाई सम्मान गर्दै उनीहरूको हक, अधिकार र अवसरलाई सुनिश्चित गर्नुका साथै विश्वकर्मा बाबा मन्दिरलाई सौन्दर्यकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँहरूले लोहार समुदायले गरेको योगदानले स्थानीय स्तरमा मात्र नभएर समग्र राष्ट्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डा. रामाशंकर ठाकुरले गर्नुभएको थियो। कार्यक्रममा विवेक शर्माले सञ्चालनको भूमिका निभाउनुभयो। शर्माले समुदायको एकता र सहकार्यको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमहरूले समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्न र अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो।

गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवले पनि कार्यक्रममा सहभागीता जनाउनुभएको थियो। उहाँले लोहार समुदायलाई राज्यका विभिन्न तहमा प्रतिनिधित्व गराउने कार्यमा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो।

यो कार्यक्रम लोहार समुदायको सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम रहेको थियो। हजारौंको संख्यामा सहभागी भएका लोहार समुदायका व्यक्तिहरूले यस कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो संस्कृति, धर्म र परम्पराप्रति आफ्नो समर्पण र गर्वको प्रदर्शन गरे।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.