ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
क्यान सर्लाहीको अध्यक्षमा हरिचन्द्र दास निर्वाचित
तेजनारायण आले
बागमती । सर्लाहीको बागमती नगरपालिकामा क्यान सर्लाहीको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । क्यान सर्लाहीको आयोजना तथा क्यानका केन्द्रिय सचिव भुपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशन बाट अध्यक्ष पदमा हरिचन्द्र दास, उपाध्यक्षमा सुवोध मण्डल, सचिवमा संतोष महर्जन ,कोषाध्यक्षमा जग्दिश महतो लगायत ९ सदस्य कमिटि गठन भएको आयोजकले जनाएको छ ।